स्याङ्जामा चार फरार प्रतिवादी प्रहरी नियन्त्रणमा

केन्द्रभाग मिडिया

पोखरा ।
स्याङ्जामा चार फरार प्रतिवादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यही असोज २ र ३ गते वडा प्रहरी कार्यालय वालिङ र इलाका प्रहरी कार्यालय चापाकोट स्याङ्जाबाट खटिएको प्रहरी टोलीले विभिन्न कसूरमा कैद तथा जरिवाना तोकिई फरार रहेका प्रतिवादीहरूलाई खोजतलास गर्ने क्रममा ४ फरार प्रतिवादीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दुई जना बैंकिङ कसुरका र दुई जना चोरी मुद्दामा कैद र जरिवाना फैसला भई फरार भएकाहरु रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।

  • ५ आश्विन २०८३, सोमबार १६:३४ प्रकाशित