भैरहवाबाट पोखरा ल्याउँदै गरेको बिना बिलका चुरा बरामद

केन्द्रभाग मिडिया

पोखरा ।

स्याङ्जा प्रहरीले बिना बिलका चुरा बरामद गरेको छ ।

भैरहवाबाट स्याङ्जा हुदैं पोखरा ल्याउँदै गरेको चालिस हजार बराबरको १५५ दर्जन बिना बिलका चुरा प्रहरीले बरामद गरेको हो ।

जिल्ला स्याङजा गल्याङ नगरपालिका वडा नम्बर ०१ राम्दी स्थित सिद्धार्थ राजमार्गमा अस्थायी प्रहरी चौकी राम्दी स्याङ्जाबाट खटिएको प्रहरी टोलीले सवारी साधनहरू चेकजाँच गर्ने क्रममा  BR 01 HS 0664 नम्बरको भारतीय कारमा बिना बिलका चुरा बरामद गरेको जानकारी दिएको छ ।

उक्त कार र चालकलाई आवश्यक कारबाहीको लागि आज भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देही पठाईएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।

  • ५ आश्विन २०८३, सोमबार १६:२३ प्रकाशित