पोखरा ।
पोखरामा आज एकै दिन २ कोरोना संक्रमितले ज्यान गुमाएका छन् । पोखरा २९ की ८६ वर्षीया महिला र पोखरा महानगरपालिका ३० का संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।
यो सँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या गण्डकी प्रदेशमा १ हजार ४ सय १५ पुगेको छ ।यस्तै पछिल्लो २७ घण्टामा प्रदेशमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेमा तनहुँका १, कास्कीका ७, स्याङ्जाका १ नवलपरासीका १ जना रहेको निर्देशनालयले जनाएको छ ।यो सँगै प्रदेशमा हालसम्म कोरोनाबाट संक्रमित बन्नेको संख्या ८७ हजार ८५१ पुगेको छ ।
सोही समयमा ३३ संक्रमित निको भएका छन् ।निको हुनेको संख्या ८६ हजार २६१ रहेको छ ।हाल प्रदेशमा १७५ सक्रिय संक्रमित रहेका छन् तिमध्ये १४९ जना होम आइसोलेसनमा रहेका छन् ।