दाङ ।
ब्राउनसुगरको डिलरमा प्रहरी छापा मारेको छ ।
दाङको तुलसीपुर ५ स्थित सुशीला श्रेष्ठको घरमा छापा मार्दा २० ग्रामभन्दा बढी ब्राउनसुगर बरामद गरेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरको अनुसार श्रेष्ठको घरबाट १९ ग्राम ७१० मिलिग्राम ब्राउनसुगर बरामद भएको छ ।
आमा छोरा नै कारोबारी रहेको खुल्न आएसँगै दआमा सुशीला र छोरा रोहन पक्राउ परेका छन् ।प्रहरीले उनीहरूको साथबाट ब्राउनसुगर तौलन प्रयोग गरिने डिजिटल तराजु समेत बरामद गरेको छ । प्रहरीका अनुसार सुशीलाका श्रीमान् बसन्त श्रेष्ठ पेशेवर लागूऔषध कारोबारी हुन् ।
श्रेष्ठले ब्राउनसुगर भारतबाट ल्याउने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।