पोखरा ।
पोखरामा एक क्यानडेली नागरिक आपत्तिजनक अवस्थामा पक्राउ परेका छन् ।
बालयौन दुराचारको आरोपमा लेकसाइडको एक घरबाट क्यानडाका ४४ वर्षीय रोबर्ट किङक्ले पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
उनलाई कास्की प्रहरीले ३ बालकसहित आपत्तिजनक अवस्थामा पक्राउ गरेको हो । दिउँसो साढे १ बजे उनलाई प्रहरीले नग्न अवस्थामा १४ वर्षका ३ बालकसँग रहेकै बेला पक्राउ गरेको हो । कास्की प्रहरीले रोबर्टमाथी अप्राकृतिक मैथुन र बालबालिका ऐन अन्तरगत मुद्दा चलाएको छ ।