सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच बालुवाटारमा भेटवार्ता

केन्द्रभाग मिडिया

काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नयाँ दल दर्ताको प्रक्रियामा रहेको नेकपा एमाले (समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान झण्डै पौने एक घण्टा उहाँहरु बीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटका क्रममा मुलुकको समसामयिक राजनीति र मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल भएको बताइएको छ ।

सरकारले अस्ति मङ्गलबार राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएसँगै नेकपा ९एमाले० विभाजन भएर नयाँ दल दर्ता प्रक्रिया शुरू भएपछि तीन शीर्ष नेताबीच आज भेटवार्ता भएको हो ।

  • ३ भाद्र २०७८, बिहीबार १४:४५ प्रकाशित