ठूला राजनीतिक दलले राजनीतिलाई व्यापार बनाए: अध्यक्ष केसी

केन्द्रभाग मिडिया

Deputy Prime Minister Chitra Bahadur KC speaks at the Reporters' Club in Kathmandu, on Saturday, November 14, 2015. Photo: Reporters' Club

बागलुङ ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ठूला राजनीतिक दलले राजनीतिलाई व्यापार बनाएको आरोप लगाएका छन् । उनले भने“ व्यवस्था परिवर्तन भए पनि ठूला दलको प्रवृत्ति सुध्रिएन । प्रवृत्ति नसुध्रिएका कारण राष्ट्रियता र गणतन्त्र धरापमा परेको छ । ”

प्रगतिशील पत्रकार सङ्घ बागलुङलद्वारा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने, “दलका रिसले राजतन्त्र मागिरहेका छन्, हामीले सङ्घर्ष गरी ल्याएका गणतन्त्रमा कसरी धावा बोलिँदैछ ।” दलहरु सत्ता बाहिर रहँदा राष्ट्रियता र गणतन्त्रको पहरेदार बन्ने र सत्तामा पुगेपछि आफू र आफ्नामा केन्द्रित हुँदा अहिलेको अबस्था आएको उनले बताए ।

अध्यक्ष केसी भने, “संवैधानिक व्यवस्थाअनुसारनै अहिलेको सरकार बनेको हो । सरकारले ल्याएको अध्यादेश बाध्यताको उपज हो ।” अहिलेका पाँच दलीय गठबन्धन परिस्थितिको उपज भएको जनाउँदै उनले गठबन्धन टिक्ने वा टुक्रिने परिस्थितिले नै निर्धारण गर्ने बताए ।

  • १५ आश्विन २०७८, शुक्रबार १३:२७ प्रकाशित