एमाले विधान महाधिवेशन प्रभु साहले गरे बहिष्कार

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को आजदेखि विधान अधिवेशन सुरु हुँदैछ । उक्त अधिवेशनमा प्रभु साह नजाने भएका छन्। एमालेले नेकपाकालिन विचारलाई आत्मासात् नगरेको र आफूले अघि सारेको ८ बुँदे मागपनि सुनुवाई नभएको भन्दै साहले विधान महाधिवेशन बहिष्कार गरेका हुन् ।

हालै प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै साहले यथास्थितिमा आफू एमालेमा रहन नसक्नेसमेत घोषणा गरिसकेका छन् । उनले आफूमात्रै नभएर पूर्व माओवादी केन्द्रबाट आएकाहरु सबैले सामूहिक रुपमा एमाले परित्याग गर्ने पनि घोषणा गरेका थिए ।

अहिले विधान महाधिवेशनको लागि प्रतिनिधि चयनमा पूर्वमाओवादी नेता कार्यकर्तालाई पार्टीमा यथोचित स्थान नदिइएको भन्दै उनी रुष्ट थिए । साहले एमालेमा स्थायी कमिटी सदस्य माग गरेको तर अध्यक्ष केपी शर्मा ओलीले भने नदिएको चर्चा छ ।

  • १५ आश्विन २०७८, शुक्रबार १३:२० प्रकाशित