एमालेको विधान महाधिवेशन आजदेखि : पार्टीको नीति र विधि तय गर्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेले आजदेखि विधान महाधिवेशन सुरु गर्दैछ । ललितपुरको गोदावरीमा हुन लागेको विधान महाधिवेशनको मध्यान्ह १२ बजे अध्यक्ष केपी ओलीले उद्घाटन गर्नेछन् । विधान महाधिवेशन आगामी तीन दिन सञ्चालन हुनेछ ।

नेकपा विभाजन, सत्ताबाट बहिर्गमन र पार्टी विभाजनपछि पहिलो पटक एमालेको ठूलो भेला हुन लागेको हो ।भेलामा देशभरबाट करिब ६ हजार नेता तथा कार्यकर्ता भेला हुने भएका छन् ।

विधान महाधिवेशनले नयाँ राजनीतिक परिस्थितिमा पार्टीको नीति र विधि तय गर्ने एमालेले जनाएको छ ।उद्घाटन सत्रपछि महाधिवेशनको बन्दसत्रमा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीबाट राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलबाट सङ्गठनात्मक प्रस्ताव र उपमहासचिव एवं सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलबाट विधान संशोधन प्रस्ताव प्रस्तुत हुने व्यवस्थापन समितिले जनाएको छ ।

  • १५ आश्विन २०७८, शुक्रबार ०८:५४ प्रकाशित