केपी ओलीले धोका दिएको प्रभु साहको निश्कर्ष

केन्द्रभाग मिडिया

काठमाडौं।

नेकपा (एमाले) का नेता प्रभु साहले आफूहरुप्रति एमाले अध्यक्ष केपी शर्मा ओलीले धोकाबाजीको राजनीति गरेको आरोप लगाएका छन् । उनले भने,‘हामीले नेकपाको अ‍ोलीजीलाई साथ दिएको हो, उहाँले नेकपा एमाले व्युँतिएपछि हामीसँग पनि कि त राय लिनुपर्दथ्यो ।

हामीलाई उहाँले के भनिराख्नुभयो भने यो नेकपाकै निरन्तरता हो । कानूनी रुप र प्राविधिक ढंगले एमाले भनिएपनि हुनै सक्दैन भन्नुभएको थियो । केपी ओलीले अहिले अगाडिको बाटो नभएर पछाडिको बाटो लिईरहनुभएको छ । यसले उहाँलाई पनि फाईदा गर्दैन् । कम्युनिष्ट आन्दोलनलाई पनि फाईदा गर्दैन् ।’

उनले एमालेमा सह–अस्तित्वको राजनीतिक संस्कार नै नभएको जिकिर गरे । एमालेमा अग्रगमन चाहनेहरुमाथि निषेधको राजनीति हाबी भएको पनि उनको टिप्पणी छ । अध्यक्ष ओलीले विगतमा भएका सहमतिहरु पनि नमानेको र सहमति उल्टाउने काम गरेको उनको आरोप छ ।

उनले भने,‘हामीसँग भएका कमिटमेन्ट पालना गरिएन । हामीसँग एक ढंगको धोका हुँदैछ ।’ एमालेमा अहिले परिवर्तकारी नेताहरु पनि चिन्तामा रहेको उनको भनाई छ । उनले एमालेको अवस्था यथास्थिति रह्यो भने यो पार्टीको कुनै भविष्य नरहेको जिकिर गरे । उनले आफूले यही अवस्थाको एमाले नस्विकार्ने पनि घोषणा गरे ।

  • १४ आश्विन २०७८, बिहीबार १७:३२ प्रकाशित