बादललाले पाए एमाले विधान महाधिवेशन व्यवस्थापनको जिम्मा

केन्द्रभाग मिडिया

काठमाडौं ।
ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा १५–१७ असोजमा हुन लागेको एमालेको विधान महाधिवेशनको जिम्मा स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले पाएका छन् ।

केन्द्रीय समितिबाट पाएको जिम्मेवारीअनुसार महाधिवेशनको व्यवस्थापनलाई चुस्तदुरुस्त गर्न सक्रिय रहेको बादलले जानकारी दिएका छन् । उनले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको बताए ।

बादलको नेतृत्वमा गठन भएको विधान महाधिवेशन मूल व्यवस्थापन समितिमा शेरबहादुर तामाङ, कृष्णगोपाल श्रेष्ठ, खिमलाल भट्टराई, महेश बस्नेत, विनोद श्रेष्ठ, सुजिता शाक्य, सुशिला नेपाल र पासाड शेर्पा सदस्य छन् ।समितिले पाएको जिम्मेवारी कार्य विभाजनसहित कार्यसम्पादन गरिरहेको बादलले उल्लेख गरेका छन् ।

  • १४ आश्विन २०७८, बिहीबार १६:५६ प्रकाशित