देउवाले बोलाएको बैठकमा एमाले सहभागी होला कि नहोला ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले नजाने भएको छ ।

प्रधानमन्त्री देउवाले संसदीय गतिरोध अन्त्यका लागि पहल गर्न अहिले केहीबेरमा बालुवाटारमा सर्वदलीय बैठक आह्वान गरेका छन् ।एमाले पार्टी स्रोतको अनुसार एमाले भने बैठकमा सहभागी नहुने भएको छ । तर एमाले प्रवक्ता प्रदीप ज्ञवालीले भने बैठकमा जाने कि नजाने भन्नेबारे आफूहरू छलफलमै रहेको बताएका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाप्रति रुष्ट बनेको एमालेले निरन्तर प्रतिनिधि सभा बैठक अवरोध गर्दै आएको छ।आफूहरूले कारबाही गरेका १४ सांसदको सूची टाँस नगरेको र पार्टी विभाजन गर्न सभामुख सापकोटाले भूमिका खेलेको आरोप एमालेले लगाइरहेको छ।

  • १४ आश्विन २०७८, बिहीबार ०९:५१ प्रकाशित