गण्डकीका मुख्यमन्त्री पोखरेल दलबलसहित विमानस्थलमा

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्माणाधिन पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको निरिक्षण गरेका छन् ।

कोरोना संक्रमणका कारण एक वर्षको समय थप भएको आयोजनाको प्रगति र अप्ठ्यारा वारे पोखरेलले जानकारी लिएका थिए । सो अवसरमा पोखरेलले तोकिएकै समयमा काम सम्पन्न गर्न प्रदेश सरकारले गर्नुपर्ने आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले आयोजनाको काम थपिएको समय अगावै सक्ने गरि काम भइरहेको जानकारी गराएका थिए । मुनकर्मीले पृथ्वी राजमार्ग तर्फबाट विमनस्थालमा वर्षातको समयमा ढुलो बाढि आउने गरेको र त्यसले विमानस्थल संचालनमा अप्ठ्यारो पर्न सक्ने तर्फ मुख्यमन्त्रीको ध्यानाकर्षण गरेका थिए ।

मुख्यमन्त्री पोखरेलले त्यसका लागि संघ सरकार संग आर्थिक स्रोत व्यवस्थापनका लागि पहल गर्ने र आवश्यक परे प्रदेशबाट पनि सक्दो सहयोग गर्ने बताए । त्यसको लागि करिब ३४ करोड खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

विमानस्थल संचालन हुनु पहिले पोखरा महानगरपालिकाको ल्याण्डफिल्ड साईड स्थानन्तरण गर्नुपर्नेमा महानगरले त्यसको टुन्गो नलगाएको उनले बताए । विमानस्थल निर्माणको काम ८३ प्रतिशत सकिएको र प्रावविधिक तर्फको काम भइरहेको सो अवसरमा उनले जानकारी दिए । रिठ्ठेपानी डाँडाँ कटानका लागि वन तथा वातावरवण मन्त्रालयबाट वातावरणीय प्रभाव मुल्याङन वन तथा वातावरण मन्त्रालयमा प्रकृयामा रहेको छ ।

मुख्यमन्त्रीसगै भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का, अर्थ मन्त्री रामजी बराल, पर्यटन मन्त्री मणीभद्र शर्मा, सञ्चार, कानून तथा प्रदेश मामिला मन्त्री विन्दु कुमार थापा पनि विमानस्थ निरिक्षणमा पुगेका थिए ।

सन् २०२१ जुलाई १० भित्रमा निर्माण सम्पन्न गर्ने गरी चिनियाँ कम्पनी सीएएमसी इञ्जीनियरिङले विसं २०७४ असारदेखि विमानस्थलको निर्माण सुरु गरेको थियो । कोरोनाका कारण निर्माण कार्य अवरुद्ध हुन पुगे पछि निर्माण सम्पन्न गर्नका लागि एक वर्षको समय थपिएको छ ।

  • १३ आश्विन २०७८, बुधबार १८:१२ प्रकाशित