प्रदेश २ मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

केन्द्रभाग मिडिया

काठमाडौं ।

साइकल किन्दा अनियमितता गरेको आशंकामा प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छापा मारेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ सरकारले छात्राहरूलाई बाँड्नका लागि गरेको साइकल खरिद कार्यमा अनियमितता भएको उजुरी परेपछि छापा मारेको हो ।

साइकल खरिदबारेमा अनुसन्धान गर्ने आयोगको निर्णयअनुसार टोली गएर उजुरी परेको तथा सञ्चारमाध्यममा आएको विषयसँग जोडिएका कागजात नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

प्रदेश–२ ले छोरीहरू विद्यालय पठाउने कार्यलाई उत्प्रेरित गर्ने गरी बेटी पढाउ, बेटी बचाउ कार्यक्रम सञ्चालन गरेको छ ।

  • १३ आश्विन २०७८, बुधबार १५:१९ प्रकाशित