पोखरा–९ का वडाध्यक्ष लामिछानेले दिएको राजिनामा फिर्ता, पुरानै जिम्मेवारीमा फर्किए

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाली कांग्रेसको तर्फबाट पोखरा महागरपालिकामा सचेतक रहेका पोखरा महानगरपालिका वडा नम्बर ९का वडाध्यक्ष रामराज लामिछानेले आफूले दिएको राजिनामा फिर्ता लिएका छन् ।

नेपाली कांग्रेस पोखरा महागर समिति सभापतिमा उम्मेद्वारी दिएका उनी सभापतिमा पराजय भएसंगै सचेतक पदबाट राजिनामा दिएका थिए ।

लामिछानेले दिएको राजिनामा फिर्ता लिन कांग्रेसबाट निर्वाचित वडा अध्यक्षहरुको बैठकले आग्रह गरेपछि सचेतकबाट दिएको राजिनामा फिर्ता लिन सहमत भएको पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष शंकर बास्तोलाले जानकारी दिए ।

वडाध्यक्ष बास्तोलाकै अध्यक्षतामा बुधबार बसेको बैठकले लामिछानेलाई राजिनामा फिर्ता लिएर सचेतकको जिम्मेवारीमा फर्कन आग्रह गरेको थियो । राजिनामा फिर्तासंगै वडाध्यक्ष लामिछाने पुन जिम्मेवारीमा फर्किएका हुन् ।

पोखरा महागरमा कांग्रेसबाट निर्वाचित ११ जना वडाध्यक्ष छन् ।

  • १३ आश्विन २०७८, बुधबार १४:५३ प्रकाशित