उपचारको लागि बैंकक गए माओवादी नेता पुन

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेका छन् ।

जण्डिसबाट पीडित पुन आज बिहान त्रिभुवन विमानस्थलबाट थाइल्याण्डको बैंकक प्रस्थान गरेका हुन् । उनको केही दिनअघि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भएको थियो । नर्भिकमा निको नभएपछि थप उपचारका लागि उनी बैंकक गएका हुन् ।

नेता पुन चिकित्सकहरूको सल्लाहमा थप उपचारका लागि बैंकक गएको बताइएको छ ।उनी पत्नी ओनसरी घर्तीसँगै हिमालयन एयरबाट आज बुधबार बिहान त्यसतर्फ लागेका हुन् ।पूर्व अर्थ तथा उर्जामन्त्री पुनको उपचार बैंककको समितिभेज अस्पतालमा हुनेछ ।

सामान्य भिसामा जाँदा क्वारेन्टिन बस्नुपर्ने भएपछि पुन स्वास्थ्य भिसामा बैंकक गएको बताइएको छ । स्वास्थ्य भिसामा गएपछि सीधै अस्पतालमा उपचार गर्न पाउने बताइएको छ ।

  • १३ आश्विन २०७८, बुधबार ०८:३६ प्रकाशित