परराष्ट्रमन्त्री खड्काको सपथ बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

केन्द्रभाग मिडिया

काठमाडौँ ।
परराष्ट्रमन्त्री नारायण खड्काको शपथ बदरको माग गर्दै सर्वोच्चमा रिट परेको छ । अधिवक्ता विशाल न्यौपानले सर्वोच्चमा रिट हालेका हुन् ।
२०७८ असोज ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष खड्काले पद तथा गोपनीयताको शपथ लिएका थिए ।

मन्त्री खड्काको शपथ कुनै पनि कानुनी व्यवस्था र कानुनी स्रोतबिनै शपथ भन्दै उक्त रिटको पेशी बुधबारका लागि तोकिएको अधिवक्ता न्यौपानेले जानकारी दिए ।

संविधानबमोजिम कानुन नबनाई शपथ नलिएसम्म खड्कालाई परराष्ट्रमन्त्रीको हैसियतमा नगर्नरनगराउन अन्तरिम आदेश रिटमा गरिएको छ ।

  • १२ आश्विन २०७८, मंगलवार १५:३४ प्रकाशित