गृहमन्त्रीको प्रहरीलाई निर्देशनः ‘चाडपर्वमा देखिने गरी नागरिकलाई मुस्कुराएर सेवा दिनुस’

केन्द्रभाग मिडिया

काठमाडौं ।

गृहमन्त्री बालकृष्ण खाणले आम नागरिकलाई अनुभूति हुने गरी सुरक्षा व्यवस्था चुस्त पार्न निर्देशन दिएका छन् ।

मन्त्री खाँणले नजिकिएको विजयादशमी, दिपावली र छठमा उपत्यकाको सुरक्षा व्यवस्था र बजार व्यवस्थापन गर्न सरोकारवाला निकायलाई निर्देशन दिएका छन्।

उपत्यकाको सुरक्षा व्यवस्था तथा बजार व्यवस्थापनबारे उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ट्राफिक महाशाखा प्रमुखलाई निर्देशन दिँदै गृहमन्त्री खाणले नागरिकलाई अनुभूति हुनेगरी सुरक्षा व्यवस्था र बजार व्यवस्थापन गर्न निर्देशन दिएका हुन् ।

हालकै सामान्य अवस्थामा जस्तै चाडपर्वमा पनि सुरक्षा व्यवस्था तथा बजार व्यवस्थापन सहज हुनुपर्ने उनको भनाई छ । नागरिकले महंगी, म्याद गुज्रेका खानेकुरा खाने अवस्था आउन नदिन मन्त्री खाणले आग्रह गरे ।

मन्त्री खाणले परिवर्तनको परिणाम देखिने गरी काम गर्न र जनतालाई मुस्कुराएर सेवा दिन निर्देशन दिए।

  • १२ आश्विन २०७८, मंगलवार १५:४४ प्रकाशित