सजना बास्तोलाको दशैँ गीत लाहुरे बजारमा

केन्द्रभाग मिडिया

पोखरा ।
पछिल्लो समय चर्चामा रहेकी ‘भर्सटाइल’ सजना बास्तोलाको नयाँ दशैँ तिहार गीत ‘लाहुरे’ भर्खर बजारमा आएको छ । एक दशक देखि सांगितक बजारमा जमेकी बास्तोलाले दुई दर्जन बढी गीतमा स्वर भरेकी छिन् । ‘लाहुरे’ भने उनको पहिलो दशैँ तिहार गीत हो ।

बाध्यताले मुग्लाने बनेका युवाहरुको कथामा बनेको गीत ‘लाहुरे’ नेपाली समाज र माटोको सुगन्ध बोकेको हृदयस्पर्सी गीत हो । बास्तोला संगै गायक रामजी पौडेल , स्वरस्वती लामिछाने, कुमार गौतम र बलराम अधिकारीको आवाज सुन्न सकिन्छ ।

नारायण शर्मा र बलराम अधिकारीको शब्दमा सर्जक शर्माले मिठो संगीत भरेका छन् । सुनिल परियारको एरेन्ज र खुमन रानाको मिक्सिङमा रहेको गीतको म्युजिक भिडियोको निर्देशन होम गुरुङले गरेका छन् ।

मनमा कयुैँ सपनाहरु साँचेर, रहरहरु पालेर बाध्यताले विदेशमा रगत पसिना संग पैसा साटेर जीवनको अर्थ खोजिरहेका युवाहरुको कथालाई ‘लाहुरे’को भिडियोेमा चर्चित गायक तथा मोडल रामजी खाँड र कविता क्षेत्रीको जीवन्त अभिनय रहेको छ । खाँड र खत्रीलाई कृपा पौडेल, प्रतिमा कुवँर, तिर्सना बस्ताकोटी, भिमा क्षेत्री , सन्तोष, नविन दाहाल र कुमार गौतमले साथ दिएका छन् ।

गनेश पौडेलले खिचेको भिडियोलाई सुवास अम्गाइले सम्पादन गरेका हुन् । गीत कुमार गौतम युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ ।

  • १२ आश्विन २०७८, मंगलवार १४:०६ प्रकाशित