कांग्रेस सभापति देउवाको जिल्लामा २८ वर्षीय जोशी नगर सभापति बने

केन्द्रभाग मिडिया

पोखरा ।
डडल्धुराको परशुराम नगरपालिकामा २८ वर्षीय भरत बडायर जोशी नेपाली कांग्रेसको नगर सभापतिमा विजयी बनेका छन् । सभापति शेरबहादुर देउवाको जिल्लामा युवा नगरको सभापतिमा विजयी भएका हुन् ।

शनिबार सम्पन्न नगर अधिवेशनमा दुई सय मत खसेकोमा उनले १ सय ४८ भोट प्राप्त गरि विजयी भएका हुन् ।

जोशीले जिल्ला उपसभापति समेत भइसकेका धर्मानन्द भट्टलाई हराउँदै नगर सभापतिमा बनेका हुन् । उनीले वायुमण्डलीय भौतिक शास्त्रमा मास्टर्स गरेका छन् ।

उनले आफ्नो जितलाई नेतृत्व पुस्तान्तरणको सुरूवात भएको बाएका छन् ।

  • १२ आश्विन २०७८, मंगलवार १३:४८ प्रकाशित