राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता हुने

केन्द्रभाग मिडिया

काठमाडौं ।
मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय बनाउनेबारे निर्णय लिने बताइएको छ । विधेक निष्क्रिय नहुदाँ प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका थिएनन् ।

यस पहिले सत्ता गठबन्धनमा अध्यादेश निष्क्रिय बनाएरमात्रै मन्त्रिपरिषद विस्तार गर्ने सहमति भएको छ । नेकपा एमालेबाट विभाजीत भएको नेकपा एकिकृत समाजवादी र जनता समाजवादीबाट विभाजीत भएको लोकतान्त्रिक समाजवादीलाई सहज हुने गरि राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याइएको थियो ।

संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुगेमा दल विभाजन हुनेगरी अध्यादेश जारी गरेको थियो । सोही अनुसार नयाँ दल दर्ता भएर कानूनी मान्यता समेत पाइसकेका छन् ।

अध्यादेश निष्क्रिय नबनाइ मन्त्रिपरिषद् विस्तार गर्दा जसपा पुनः विभाजित हुने भन्दै अध्यक्ष उपेन्द्र यादवले अध्यादेश फिर्ता गर्नुपर्ने बताउदै आएका थिए । भने नेकपा एकिकृत समाजवादीले अदालतको आदेश पछि मात्र अध्यादेश फिर्ता गर्नुपर्ने अडान लिदै आएको थियो ।

  • ११ आश्विन २०७८, सोमबार ११:३४ प्रकाशित