नेपाल र ओमान बीच मैत्रीपूर्ण फुटबल आइतबार साँझ

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाली राष्ट्रिय फुटबल टोलीले ओमानको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ। नेपाल र ओमानबीचको खेल आइतबार हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।

साफ च्याम्पियनसिपको तयारीका लागि कतारमा रहेको नेपाल र ओमान बीचको खेल दोहास्थित कतार विश्वविद्यालयको मैदानमा साँझ ७ बजे खेल हुनेछ।

घरेलु मैदानमा भारतसँगको दुई मैत्रीपूर्ण खेलपछि नेपाली टोली अन्तिम तयारीका लागि कतार पुगेको हो। कतारमा दुई साता लामो अभ्यासपछि नेपाली टोली असोज ११ गते साफ च्याम्पियनसिप आयोजनास्थत माल्दिभ्स पुग्नेछ।

असोज १५ गतेबाट साफ च्याम्पियनसिप सुरु हुँदै छ। साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ।

साफ च्याम्पियनसिपमा नेपाल, भारत, मालदिभ्स, श्रीलंका र बंगलादेश सहभागी छन्।

  • ६ आश्विन २०७८, बुधबार १२:४३ प्रकाशित