अखिल क्रान्तिकारीको २२औं राष्ट्रिय सम्मेलन आज सुरु हुँदै

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी)को २२ औं सम्मेलन आजदेखि पोखरामा सुरु हुँदैछ । सम्मेलनको सबै तयारी पुरा भएको र सम्मेलन ८ असोजमा सकिने अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष चिरञ्जिवी ढकालले जानकारी दिए । उनका अनुसार अधिवेशनको समुद्घाटन नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले गर्नेछन् । कार्यक्रममा प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड)लगायतका नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए ।

सम्मेलन सुरु हुनुअघि अखिल क्रान्तिकारीले ¥याली निकाल्ने भएको छ । पोखराको पृथ्वीचोकबाट सुरु हुने ¥याली मानवअधिकारचोक चिप्लेढुंगामा पुगेर सम्मेलन उद्घाटन शत्रमा परिणत हुने अध्यक्ष ढकालले बताए ।
अखिल क्रान्तिकारीको आज (बुधबार) सम्मेलनको उद्घाटन शत्र र असोज ७ र ८ गते बन्द शत्र हुने छ । चिप्लेढुंगा मानवअधिकारचोकमा उद्घाटन शत्र हुने सम्मेलनको बन्द शत्र पोखराको लेकसाईडस्थित कुटी रिसोर्टमा हुने अध्यक्ष ढकालले जानकारी दिए ।

अखिल क्रान्तिकारीको २२औं सम्मेलनमा वैज्ञानिक समाजवादी शिक्षा’ सम्बन्धी प्रस्ताव गरिने जनाइएको छ । वर्तमान शिक्षा प्रणालीले बेरोजगार उत्पादन गर्नेबाहेक अन्य केहिपनि उपलब्धी हाँसिल नगरेकाले औपचारिक रुपमा वैज्ञानिक समाजवादी शिक्षा’ सम्बन्धी प्रस्ताव गर्न लागिएको उनले बताए। वैज्ञानिक समाजवादी शिक्षा’मा शिक्षा व्यवहारिक मात्र नभई समानतामा आधारित हुने प्रस्ताव गरिएको अध्यक्ष ढकालले बताए।

उनले त्यस्तो वैज्ञानिक समाजवादी शिक्षा’मा शिक्षा पूर्ण रुपमा निःशुल्क हुनुपर्ने प्रस्ताव गरिएको उल्लेख गरे। प्रतावमाथि घनिभुत छलफल गरेर पारित गर्दै राज्यलाई वैज्ञानिक समाजवादी शिक्षा’ लागु गर्न दवाब दिइने उनले बताए । सम्मेलनमा ५५५ जना पर्यवेक्षक तथा प्रतिनिधि सहभागि हुने जनाइएको छ । ७७ जिल्लाका प्रतिनिधि तथा पर्यवेक्षक सहभागि हुने अध्यक्ष ढकालले जानकारी दिए । सम्मेलनले नया नेतृत्वसमेत चयन गर्ने उनले बताए ।

  • ६ आश्विन २०७८, बुधबार ०७:४२ प्रकाशित