बुटवलका मेयरमाथि मुक्का प्रहार (भिडियो सहित)

केन्द्रभाग मिडिया

बुटवल ।
चुरेमा गएको पहिरो क्षेत्रको अनुगमनमा निस्केका बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई एक युवाले मुक्का प्रहार गरेका छन् ।

केही दिनअघि लगातारको वर्षाले चुरेबाट पहिरो खस्दा बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करिब दुई दर्जन घर क्षतिग्रस्त भएका थिए।

स्थानीयले प्रभावित क्षेत्रमा सरकारले नहेरेको भन्दै आक्रोश पोख्दै आएका थिए। पहरो गएको क्षेत्रमा हिडीरहेका मेयर सुवेदीलाई एक युवाले दुई पटक मुक्का प्रहार गरेका थिए ।

मेयर सगै रहेका नगर प्रहरीले थप आक्रमणबाट बचाएका थिए । आज सो क्षेत्रको अवलोकनमा गएका मेयर सुवेदीलाई एक स्थानीयले मुक्का हानेका हुन्।

  • ४ आश्विन २०७८, सोमबार १३:१२ प्रकाशित