आफु मातहतका क्यापसहरुलाई त्रिविको आग्रह : ‘भौतिक उपस्थितीमै कक्षा सञ्चालनको व्यवस्था गरौँ’

केन्द्रभाग मिडिया

पोखरा ।

त्रिभुवन विश्वविद्यालयले आफु मातहतका क्याम्पसहरुलाई भौतिक उपस्थितीमै कक्षा सञ्चालन गर्न आग्रह गरेको छ ।

त्रिभुवन विश्वविद्यालयको सुचना तथा जनसम्पर्क महाशाखाले सुचना जारी गर्दै हालसम्म अनलाइन कक्षा सञ्चालन हुदैँ आएकोमा अब भने भौतिक उपस्थितीमै कक्षा सञ्चालन गर्न आंगिक क्यापसहरुलाई अनुरोध गरेको हो ।

स्थानीय निकायले तोकेको समयसीमा र मापदण्ड भित्र रही सर्तकता अपनाई कक्षा सञ्चालन गर्न सुचनामा भनिएको छ ।

कोरोना संक्रमणदर र मृत्युदर केही न्युन भएसँगै विद्यालयहरु सञ्चालन हुने निर्णय यसअघि भइसकेको छ । चाडबाडको मुखमा विद्यालय खोल्न लागिएको भन्दै आलोचना पनि भइरहेको छ ।

  • १ आश्विन २०७८, शुक्रबार १५:१६ प्रकाशित