बागलुङका विद्यालय असोज ४ देखि खुल्ने, दैनिक ४ घण्टा मात्र खुलाउने निर्णय

केन्द्रभाग मिडिया

बागलुङ ।

बागलुङका विद्यालय असोज ४ गतेदेखि खुल्ने भएका छन् ।

बागलुङ नगरपालिकाले आगामी असोज ४ गतेदेखि नगरपालिका भित्रका विद्यालय ४ घण्टा मात्र खुलाउने भएको हो। पूर्ण जनस्वास्थ्यका मापदण्डको पालना गरी विद्यालय खुलाउने तयारी गरिएको नगरपालिकाका शिक्षा शाखाले जानकारी दिएको छ ।

नगर शिक्षा शाखाले आज आयोजना गरेको सामुदायिक तथा निजी विद्यालयका प्रतिनिधिहरुसँगको बैठकले दैनिक ४ घण्टा मात्रै विद्यालय खोल्ने निर्णय गरेको हो ।

स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर एउटा डेस्कमा २ विद्यार्थी राखेर कम्तीमा २० मात्रै कक्षाकोठामा राखेर विद्यार्थी संख्याका आधारमा ३ सिफ्टमा विद्यालय सञ्चालनको तयारी भएको शाखाले जनाएको छ ।

  • ३० भाद्र २०७८, बुधबार १६:०० प्रकाशित