कक्षा १२ को परीक्षा आजदेखि, परीक्षा असोज ८ गते सकिने

केन्द्रभाग मिडिया

काठमाडौं ।

कोरोना संक्रमण जोखिमका कारण रोक्किदैँ आएको कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ ।

विद्यार्थीले आ–आफ्नै विद्यालयबाट परीक्षा दिन पाउने गरी व्यवस्था मिलाइएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले बताए ।पौडेलको अनुसार कोभिड संक्रमण पुष्टि भएका विद्यार्थीले पछि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।

त्यसका लागि आफू संक्रमित भएको प्रमाणसहित परीक्षामा सामेल हुन नपाएको जानकारी गराउने विद्यार्थीलाई पछि पनि परीक्षा दिन पाउने व्यवस्था गरिने उनले बताए ।

असोज ८ गतेसम्म हुने परीक्षाका लागि ३ लाख ७४ हजार ४ सय १३ विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षा बिहान ११ देखि दिउँसो २ बजेसम्म हुनेछ ।

यसअघि गएको जेठमा तय भएको परीक्षा साउन ३१ गतेदेखि सुरु गर्ने तयारी थियो तर कोरोना जोखिमका कारण साउनमा पनि स्थगित भएको थियो ।

  • ३० भाद्र २०७८, बुधबार ०९:३६ प्रकाशित