एकीकृत समाजवादीमा जान चाहने पाण्डे र भट्टलाई कारबाही नगर्न सर्वोच्चको आदेश

केन्द्रभाग मिडिया

काठमाडौं ।

सर्वोच्च अदालतले नेकपा एमालेबाट नेकपा एकीकृत समाजवादीमा पार्टीमा जान चाहेका दुई सांसदलाई कारबाही नगर्न अन्तरिम आदेश दिएको छ ।

एकीकृत समाजवादीको अभिलेखमा आफ्नो नाम अद्यावधिक गर्न माग गर्दै प्रतिनिधिसभाका सोमप्रसाद पाण्डे र राष्ट्रियसभाका शारदादेवी भट्ट सर्वोच्च अदालत पुगेका थिए ।

न्यायाधीश मीरा खड्काको एकल इजलासले भदौ २९ सम्म दुई सांसदको हकमा तत्काल कुनै कारवाही नगर्न आदेश जारी गरेको हो ।

२९ गते दुवै पक्षलाई छलफलका लागि बोलाउन आदेश दिँदै त्यतिन्जेल उनीहरुमाथि कुनै कारवाही नगर्न आदेश दिएको जनाइएको छ ।

  • २७ भाद्र २०७८, आईतवार १५:४६ प्रकाशित