काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले राजीनामा दिएका छन् ।
संयोजक यादवले विहीवार पार्टी केन्द्रीय कार्यालयमा राजीनामा पत्र बुझाएका हुन् ।
उनले राजिनामा दिएसँगै कांग्रेस महाधिवेशनमा अन्योलता छाएको छ ।
महाधिवेशनको तयारीमा लागेको कांग्रेसको ५६ जिल्लामा अधिवेशन सकिएको छ भने २१ जिल्लामा अधिवेशन भएको छैन ।