लागुऔषधसहित एक युवा समातिए

केन्द्रभाग मिडिया

पोखरा ।
कास्कीमा लागुऔषधसहित एक युवा पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरा २७ रिठेपानी भञ्ज्याङबाट एक युवकलाई पक्राउ गरेको हो ।

सवारी साधन चेक जाँच गर्दा रिठेपानीका ३१ वर्षीय मोहन तामाङ पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

उनको साथबाट डाईजापाम ४५ एम्पुल, फेनेरागन ४५ एम्पुल, नुर्फिनुर ४५ एम्पुल गरी जम्मा १३५ एम्पुल र मोबाईल १ थान बरामद् भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।

 

  • २० भाद्र २०७८, आईतवार १८:२८ प्रकाशित