काठमाडौं ।
राष्ट्रिय महिला आयोगले राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ ।
आयोगकी अध्यक्ष कमला पराजुलीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष बुधबार आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेकी हुन् ।
नेपालको संविधानको धारा २९४ बमोजिम अध्यक्ष पराजुलीले राष्ट्रपति पौडेल समक्ष वार्षिक प्रतिवेदन बुझाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।













