काठमाडौं।
प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधि सभामा प्रस्तुत गर्न बाँकी रहेका दर्ता विधेयकहरूलाई असोज १६ गतेभित्र सम्बन्धित समितिमा पठाउने गरी काम अघि बढाउने विषयमा परामर्श गरेको छ।
सभामुख डोलप्रसाद (डीपी) अर्यालको सभापतित्वमा बुधबार बसेको बैठकमा प्रतिनिधि सभामा प्रस्तुत गर्न बाँकी रहेका दर्ता विधेयकको संख्या ठुलो रहेकाले तिनलाई सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाउने विषयमा छलफल भएको हो।
कार्यभार व्यवस्थापनका लागि असोज ८ र १२ गतेसमेत प्रतिनिधि सभाको बैठक सञ्चालन गर्ने विषयमा बैठकमा परामर्श भएको छ।
यस्तै, २०८३ असोज ७ देखि १६ गतेसम्मको सम्भावित कार्यतालिकाभित्र उपलब्ध कार्यभार व्यवस्थापन गर्ने विषयमा पनि कार्यव्यवस्था परामर्श समितिबाट सुझाव प्राप्त भएको छ।














