पर्यटन


अन्नपूर्ण साउथ आरोहणका तस्बिर पोखरामा

पोखरा । पोलिस आरोहण टोलीले सन् १९७९ मा अन्नपूर्ण साउथ आरोहण गर्दाका ऐतिहासिक तस्बिरहरु बुधबारबाट प्रदर्शनीमा राखिएको छ । जल्सिजम हिमालज फाउन्डेसनले अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा त्यो आरोहण अभियानका २५ फोटो प्रदर्शनीमा राखेको हो । गण्डकी प्रदेशका...

दसैँपछि घोडेपानी र पुनहिलमा आन्तरिक पर्यटक बढे

म्याग्दी । चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा दसैँपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ । हिमशृङ्खला र सूर्योदयको मनोरम दृश्यावलोकनका लागि अहिले आन्तरिक तथा...

जीर्णोद्वारपछि चिटिक्क देखियो गलकोट दरबार

बागलुङ । बागलुङको गलकोट दरबारमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । गलकोट नगरपालिका–५ हरिचौरस्थित दरबारको जीर्णोद्वारपछि दैनिक पर्यटकको सङ्ख्या बढ्दै गएको हो । विसं १९७९ मा निर्माण भएको दरबारको जीर्णोद्वार गरेपछि चिटिक्क परेको छ । टेउवाको...

दसैं लगत्तै पर्यटक आगमनले उत्साहित पोखराका व्यवसायी

पोखरा । मूख्य पर्यटकीय सिजन सुरु हुँदासमेत पर्यटक नआएर निरास बनेका देशकै पर्यटकीय राजधानी सहर पोखराका पर्यटन व्यवसायी दसैंलगत्तै पर्यटकको चहलपहल बढेपछि उत्साहित भएका छन् । मूख्य पर्यटकीय सिजनमा बाढीपहिरो पुर्याएको क्षति र हिले दसैं हुने मौसम पूर्वानुमानका...

गुप्तेश्वर गुफाको गाईले दियो १६ वर्षमा एक करोड आम्दानी !

पोखरा । गण्डकी यहाँको गुप्तेश्वर गुफाको आम्दानीको स्रोत बनेको छ, कामधेनु गाई । ऐतिहासिक, पुरातात्विक एवम् धार्मिक महत्त्व बोकेको उक्त गुफाको गाईलाई घाँस, कुँडोलगायत केही पनि खुवाउनु पर्दैन । न त भकारो नै सोहोर्नु पर्छ । तर, त्यही गाईले वार्षिक लाखौँ...

आजदेखि होटल बाराहीमा दशैँ भोज, भोजमा सहभागी हुन कति छ शुल्क ?

काठमाडौँ । नेपालको चेन हस्पिटालिटीमा स्थापित ब्रान्ड बाराही ग्रुपका दुई होटल, होटल बाराही पोखरा र होटेल बाराही काठमाडौँमा दशैँ भोज सुरु भएको छ । दशैँका खानेकुरा पस्कने उद्देश्यले असोज २४ देखि २६ सम्म भोज आयोजना गरिएको वाराही ग्रुपका कर्पोरेट डाइरेक्टर...

चाडबाडको अवसरमा पोखराका होटलमा ३० प्रतिशतसम्म छुट

पोखरा । चाडबाडको अवसरमा पोखराका होटलहरुले विभिन्न प्याकेज तथा छुट अफर घाेषणा गरेकाे छ । नेपाली हिन्दु धर्मालम्बीहरुको महान चाडको दशैं तिहारको अवसरमा शुभकामना दिदैं पोखराका होटलहरुले छुटको घोषणा गरेका हुन् । बडादशैं देखि तिहारसम्म पोखराका होटलहरुले...

धवलागिरी आरोहणका क्रममा ५ जना रसियाली आरोहीको निधन

पोखरा । धवलागिरी हिमाल आरोहणका क्रममा हराइरहेका रसियाली ५ जना आरोही मंगलबार मृतावस्थामा भेटिएका छन् । उनीहरु गत आइतबार राति ११ बजेदेखि हराइरहेका थिए । उनीहरु ७ हजार ७ सय मिटरको उचाइबाट हराएका थिए । ७ हजार मिटरको उचाइमा उनीहरुको शव भेट्टिएको जिल्ला...

दशैं सुरु भएसँगै मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल

तनहुँ । दशैं सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । व्यास नगरपालिका–५ स्थित मानुङकोटबाट दृश्यावलोकनका लागि यतिबेला दैनिकजसो आन्तरिक पर्यटक पुग्ने गरेका छन् । राति बास बसेर बिहानै सूर्योदय र कुहिरो हेर्न आन्तरिक...