पर्यटन


सिल्भर ट्रयाङगल क्षेत्रको एकीकृत प्याकेज ल्याइनु पर्नेमा जोड

भैरहवा । सिल्भर ट्र्याङगल (पोखरा, चितवन र लुम्बिनी) को एकीकृत प्याकेज ल्याइनु पर्नेमा जोड दिइएको छ । होटल संघ पोखराले सञ्चालन गरेको जाउँ है पोखरा अभियान अन्तर्गत भेरहवामा आयोजित आन्तरिक पर्यटन प्रवर्दन अभियान छलफल तथा अन्तरक्रिया कार्यक्रममा यस्तो जोड...

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि ‘जाऔँ है पोखरा’ अभियानअन्तर्गत चितवनमा अन्तरक्रिया

  चितवन । आन्तरिक पर्यटन प्रवर्द्धनका लागि ‘जाऔँ है पोखरा’  अभियान अन्तर्गत आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रम चितवनमा सम्पन्न भएको छ । कार्यक्रममा पर्यटन क्षेत्रका सरोकारवाला, जनप्रतिनिधि तथा पर्यटन व्यवसायीहरूको सहभागिता  थियो। कार्यक्रममा...

होटल संघ पोखराको ‘जाउँ है पोखरा’ अभियान सुरु

पोखरा । आन्तरिक पर्यटन प्रवर्द्धनको मुख्य उद्देश्यसहित होटल सङ्घ पोखराले शनिवार देखी ‘जाउँ है पोखरा’ अभियान सुरू गरेको छ । होटेल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवम् नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको  प्रवर्धनमा आयोजित सो कार्यक्रम आजदेखि...

बढ्दो पर्यटक चापसँगै पोखराको पर्यटन व्यवस्थापन सुधार्न छलफल

पोखरा । पछिल्लो समय भारतीय पर्यटकको आगमन उल्लेख्य रूपमा बढेसँगै पर्यटकीय राजधानी पोखराको पर्यटन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन उद्योग तथा पर्यटन मन्त्रालयले नेपाल पर्यटन बोर्ड, सुरक्षा निकाय तथा पर्यटन व्यवसायीबीच छलफल तथा अन्तरक्रिया...

अन्नपूर्ण संरक्षण क्षेत्रमा अहिलेसम्मकै धेरै पर्यटक

पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्रमा यस वर्ष अहिलेसम्मकै धेरै विदेशी पर्यटक भित्रिएका छन् । चालु आवको जेठसम्ममा चार लाख ४१ हजार ४२२ पर्यटकले यस क्षेत्रको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । आव २०८१–८२ मा जम्मा दुई लाख ७८ हजार ११३...

बेगनासताल खुल्ला डुंगा दौड प्रतिगोगिताको उपाधि फेवा डुंगा व्यवसायीलाई

लेखनाथ। बेगनासताल डुंगा व्यवसायी समितिको आयोजनामा बुधबार आयोजित छैटौं संस्करणको खुला डुंगा दौड प्रतियोगिताको उपाधि फेवा डुंगा व्यवसायी संगठनले हात पारेको छ । प्रतियोगिताको महिला र पुरुषतर्फको दुवै प्रतियोगितामा पहिलो, दोश्रो र तेश्रो स्थानमा जित हासिल...

नाट्टाले भोलिदेखि कलकत्तामा ‘पोखरा नेपाल प्रमोसनल क्याम्पेन एण्ड वी टु वी सेल्स मिसन’ गर्दै

पोखरा । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीले 'पोखरा नेपाल प्रमोसनल क्याम्पेन एण्ड वी टु वी सेल्स मिसन' आयोजना गर्ने भएको छ । सो क्याम्पेन यहि २८ जेठ अर्थात भोलिबाट १ असार सम्म भारतको कलकत्तामा आयोजना गर्न लागेको नाट्टाले आज पोखरामा...

पर्यटकको आकर्षणको केन्द्र बन्दै ऐना पहरा

तनहुँ । तनहुँको ऐना पहरा पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । पहराको निर्माणकार्य सम्पन्न भएपछि स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण केन्द्र बन्दै गएको हो । आँबुखैरेनी गाउँपालिका–४ मा रहेको सो पहरा पोखरा–मुग्लिन सडकखण्डमा अवस्थित छ । हालसम्म...

पर्यटकीय स्थलको प्रवर्द्धन गर्न पत्रकारको टोली भ्रमणमा

हरि वास्तोला / रासस पोखरा । गण्डकी प्रदेशका ओझेलमा परेका तथा कम प्रचारप्रसार भएका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउने उद्देश्यले पोखराका पत्रकारहरूको एक टोली अध्ययन तथा अवलोकन भ्रमणमा निस्किएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी...