समाज


निकुञ्जमा वन्यजन्तुको सिकार गर्ने पाँचजना हातहतियारसहित पक्राउ

बारा । पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवैध रुपमा वन्यजन्तु चोरीशिकारी गर्दै गरेको अवस्थामा हातहतियार र बन्दोबस्तीका सामानसहित पाँच जनालाई पक्राउ गरिएको छ । पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवैध रुपमा वन्यजन्तु चोरी शिकारी गर्नेलाई मृत पोथी...

झापाको जङ्गलमा दम्पतीको शव भेटियो

गौरादह । झापाको मेचीनगरस्थित चारआली जङ्गलमा एक दम्पतीको शव भेटिएको छ । अर्जुनधारा–११ स्थायी ठेगाना भएका नेत्रकुमार इङ्नाम लिम्बू र उनकै श्रीमती सन्जु लिम्बु मृत भेटिएको प्रहरीले जनाएको छ । लिम्बू दम्पतीको कुहिन लागेको शव सोमबार दिउँसो भेटिएको थियो । दुवैको...

नारायणगढ–मुग्लिङ सडक आजदेखि दैनिक चार घण्टा बन्द

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्नका लागि सवारी आवागमन दैनिक चार घण्टा रोकिने भएको हो । आजदेखि एक महिना दैनिक चार घण्टा सडक बन्द रहने नागढुङ्गा– मुग्लिन सडक आयोजना...

२३ जना एसपीको काज सरुवा (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले २३ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले काज सरुवा गर्दा ८ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । काज सरुवामार्फत दुर्गाराज रेग्मी झापा, कोमल शाह पर्सा, विश्वराज खड्का धनुषा, नरेशराज...

भाइरल भेलुबाजेका हर्कत नियन्त्रण गर्न ज्ञापनपत्र

प्यूठान । सामाजिक सञ्जाल टिकटकमा भेलु बाजे भनेर चिनिएका मिनबहादुर बुढाको हर्कत नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारी सुनिता नेपाललाई ज्ञापन पत्र बुझाइएको छ । भेलुबाजेका हर्कतले बालबालिकालाई समेत नराम्रो असर परेकाले उनलाई नियन्त्रण गर्न माग गर्दै झिमरुक...

यी प्रदेशका उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं । देशभर चिसो बढिरहेको छ । आज पनि देशका केही भागमा मौसम बदली हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा परेको छ । जसले गर्दा नेपालको तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । आज...

वीर अस्पतालका १२ डाक्टर र नर्स लापत्ता, ३० दिनभित्र हाजिर हुन अल्टिमेटम

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल अन्तर्गतको वीर अस्पतालका १२ डाक्टर र नर्स सम्पर्कविहीन भएका छन् । लामो समयदेखि बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेकाले अस्पतालको सम्पर्कमा नआएका डाक्टर,...

साईप्रसको गैरआवासीय नेपाली राजदूतमा कान्ता रिजाल नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले इजरायलका लागि नेपालको आवासीय राजदूत कान्ता रिजाललाई गणतन्त्र साईप्रसका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम रिजाललाई गैरआवासीय नेपाली राजदूत...

विश्वकप फुटबलको सट्टेबाजी गराउने २ पक्राउ

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलको सट्टेबाजी गराएको आरोपमा दुई जना पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले भक्तपुर नगरपालिका–१६ घर भएका सुनिल चौगुठी र भक्तपुर नगरपालिका–१२ घर भएका अजय भेलेलाई सट्टेबाजी गराएको आरोपमा पक्राउ गरेको हो । आरोपीहरूलाई...