समाज


प्रचण्डपत्नी सीताको स्वास्थ्य अवस्था जटिल : आज नर्भिक लगियो

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पत्नी सीता दाहाललाई चेकजाँचका लागि नर्भिक अस्पताल लगिएको छ । सोमबार दाहाललाई फलोअप उपचारका लागि नर्भिक अस्पताल लगिएको हो । लामो समय मेडिसिटी अस्पताल र सुमेर अस्पतालमा उपचार भएकोमा पछिल्लो समय...

मनसुनजन्य विपद्‍बाट साढे १२ लाख मानिस प्रभावित हुन सक्ने

काठमाडौँ । यस वर्षको मनसुनजन्य विपद्‍बाट करिब साढे १२ लाख नागरिक प्रभावित हुन सक्ने अनुमान गरिएको छ । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले यस वर्षको मनुसनबाट १२ लाख ५० हजार नागरिक प्रभावित हुन सक्ने अनुमान गरिएको बताएका...

अप्राकृतिक मैथुनको आरोपमा बागलुङमा एक युवकलाई १२ वर्ष कैद

गलकोट । अप्राकृतिक मैथुनको आरोपमा बागलुङमा एक युवकलाई १२ वर्ष कैद सजायको फैसला भएको छ । आठ वर्षीय एक बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा बागलुङको बडिगाड गाउँपालिका–७ का १९ वर्षीय इमानसिंह रानालाई १२ वर्ष छ महिना कैद भुक्तान गर्न जिल्ला अदालतले आदेश...

पोखराको निलगिरी बोर्डिङको छतबाट खस्दा एक विद्यार्थीको ज्यान गयो

पोखरा । पोखरा महानगरपालिका ९ न्यूरोडस्थित निलगिरी बोर्डिङ स्कुलको छतबाट खस्दाँ एक छात्राको ज्यान गएको छ । हिजो (आइतबार) छतबाट खसेर घाईते भएकी पोखरा महानगरपालिका ८ स्थित बगालेटोल बस्ने १५ वर्षीय चाहात शाहको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय...

पशुको नश्ल सुधारका लागि कृत्रिम गर्भाधान लागु गर्दै गण्डकी सरकार

गण्डकी प्रदेश सरकारले पशुको नश्ल सुधार एवं उत्पादकत्व वृद्धिका लागि कृत्रिम गर्भाधान कार्यक्रम लागू गर्ने भएको छ । सरकारको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रममा दुग्ध उत्पादनमा प्रदेशलाई आत्मनिर्भर एवं व्यावसायिक बनाउन गाई, भैँसीको नश्ल...

चितवनमा गैंडाको आक्रमणबाट एकको ज्यान गयो

चितवन । चितवनमा गैंडाको आक्रमणबाट आइतबार साँझ एक जनाको ज्यान गएको छ । भरतपुर महानगरपालिका २३ स्थित हरियाली सामुदायिक बनमा निउरो टिप्न गएका भरतपुर -२५ घर भई भरतपुर-२३ ध्रुवघाट बस्ने वर्ष ६० को झन्डिल बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी...

बाजुरामा भूकम्प

काठमाडौं । बाजुरामा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर ३८ मिनेटमा भूकम्प गएको हो ।जिल्लाको बिछिया क्षेत्रमा केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको केन्द्रका सहायक प्राविधिक राजेश शर्माले जानकारी...

बागलुङ ढोरपाटनका फरार मेयर देवकुमारविरुद्ध ५ सय ८९ उजुरी

पोखरा । बागलुङको ढोरपाटन नगरपालिकाका फरार मेयर देवकुमार नेपालीविरुद्ध ५ सय ८९ उजुरी परेको छ । इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षसमेत रहेका नेपालीविरुद्ध आइतबार दिउँसोसम्म बचतकर्ताको ५ सय ८९ उजुरी परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको...

पोखराको मिरर हाउससँगै रहेको स्वीमिङ पुलमा डुबेर १० वर्षीय बालकको ज्यान गयो

पोखरा । पोखराको बाटुलेचौरमा रहेको एक स्वीमिङ पुलमा डुबेर एक बालकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको अनुसार पोखरा महानगरपालिका ८ आलुमाइला चोकका १० वर्षीय बालक ऐनक्स थापाको डुबेर ज्यान गएको हो । एनेक्स पोखरा महानगरपालिका १६ बाटुलेचौरस्थित...