काठमाडौं । सरकारले चामल अभाव हुन नदिन भारतबाट धान र चामल आयात गर्ने भएको छ । सरकारले भारतबाट तत्कालै १० लाख मेट्रिक टन धान र १ लाख मेट्रिक टन चामल ल्याउने निर्णय गरेको छ । चामलको आयात कहिले र कसरी गर्ने निर्णय भन्ने निर्णय मन्त्रालयले गर्ने जनाएको छ...
पोखरा । शनिबार (भोली) पोखरामा निशुल्क दन्त शिविर हुने भएको छ । वेष्ट भ्याली डेन्टल क्लिनिक र अभियान युवा क्लबको संयुक्त आयोजनामा पोखरा ५ जिरो किमी शिविर हुन लागेको हो । नियमित दाँतको चेकअप आवश्यक रहेको भन्दै निशुल्क दन्त शिविर राखिएको आयोजकले जनाएको...
काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका–७ टोपाटारमा पहिरो खस्दा एक जनाको शिशुको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । अन्य तीन जना घाइते छन् । गएराति ९ बजेतिर वस्तीभन्दा करिब ४०० मिटर माथिबाट पहिरो खसेको थियो । सो पहिरोमा परी गौरीशंकर गाउँपालिका–७...
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आज सन्यासको घोषणा गरेका हुन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्णविराम लगाउँदै एउटा फरक यात्राको...
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुनको अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआइबी)लाई दिनेबारे छलफल भएको छ । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग त्यसबारे छलफल भएको थियो । छलफलमा...
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ जना उपसचिव र ११ जना शाखा अधिकृतहरुको सरुवा गरेको छ । काठमाडौंमा लामो समयदेखि बस्दै आएका ती कर्मचारीहरुलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको छ । यो सरुवासँगै निमित्तका भरमा...
काठमाडौं । संसदीय सुनुवाइ समितिबाट ६ जनाको नाम राजदूतमा सर्वसम्मत अनुमोदन भएको छ । सरकारबाट सिफारिस भएर आएका राजदूतहरुको नाम सुनुवाइ समितिको बिहीबारको बैठकले सर्वसम्मत अनुमोदन गरेको समिति सभापति ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । सरकारले दुई साताअघि...
दार्चुला । भारतबाट अतिक्रमित नेपाली भूमि कालापानी क्षेत्रमा भेडा चराउन गएका नेपाली युवकको मृत्यु भएको छ । भेडाबाख्रा चराउन गएका १९ वर्षीय गोठाला विनोद ठगुन्नाको मंगलबार ढुंगा लागेर ज्यान गएको आफन्तले जनाएका छन् । नौगाड गाउँपालिका-३ दल्लेकका स्थानीय...
गुल्मी । गुल्मीमा भीरबाट लडेर एक महिलाको निधन भएको छ । घाँस काट्ने क्रममा भीरबाट लडेर महिलाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार मुसिकोट नगरपालिका–४ डाँडाथोक बस्ने ३६ वर्षीया फुलकुमारी नेपालीको निधन भएको हो । नेपाली आफ्ना छोरीहरूसँग...