समाज


माल्टा पठाइदिन्छु भन्दै ठग्ने पोखराका प्रकाश काठमाडौंबाट पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा घर भई हाल काठमाडौँको बुढानीलकण्ठ बस्ने ३८ वर्षीय प्रकाश गुरुङ रहेका छन् । गुरुङले दीपक राज कँडेललाई वैदेशिक रोजगारीका...

सीआईबी प्रमुखसँग सुन तस्करी जाँचबुझ आयोगले गर्‍यो ‘सोधपुछ’

काठमाडौँ । सुन तस्करी जाँचबुझ आयोगले केन्द्रीय अनुसन्धान ब्युरोकी एआईजी किरण बज्राचार्यसँग सोधपुछ गरेको छ । प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यलाई सिंहदरबारस्थित कार्यालयमा बोलाएर आयोगका पदाधिकारीहरूले सोधपुछ गरेका हुन् । ६० किलो सुन र भेपमार्फत...

हेलम्बुमा जिप दुर्घटना : दुई भुटानी नागरिकको ज्यान गयो, पाँच घाइते

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको १ स्थित झिचेन मिलारेपा जाँदै गरेको जिप दोरिङ भीरबाट खस्दा दुई भुटानी पर्यटकको घटनास्थलमै ज्यान गएको छ भने पाँच जना गम्भीर घाइते भएका छन् । इलाका प्रहरी हेलम्बुका अनुसार मिलारेपा गुफा हिँडेको बा २...

निलम्बित न्यायाधीश भुवन गिरीविरुद्ध दायर रिटमा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले निलम्बित न्यायाधीश भुवन गिरीविरुद्ध दायर वैवाहिक बलात्कार मुद्दाको मिसिल झिकाउन उच्च अदालतको नाममा आदेश जारी गरेको छ । बुधवार कामु प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा र न्यायाधीश सुनिल पोखरेलको इजलासले यस्तो आदेश गरेको हो । रुपन्देही...

पोखरा मोबाइल व्यवसायीको शिविर र खुल्ला रक्तदान : ४१ पिन्ट रगत संकलन

पोखरा पोखरा मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ कास्कीको २३ औँ स्थापना दिवसमा भएको शिविरमा एक सय दुई जनाको सित्तैमा जाँच गरिएको छ । पोखराको न्युरोडमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को प्राविधिक सहयोगमा भएको शिविरमा एक सय दुई जनाको...

सूर्यदर्शन सहकारी ठगी : सहकारीको रकमले खुलेका कम्पनीलाई पनि कारबाही गर्न पीडितको माग

पोखरा । सूर्यदर्शन सहकारीका पीडितहरूले सहकारीको रकमले खुलेका संस्था र कम्पनीलाई पनि कारबाही गर्न माग गरेका छन् । उनीहरुले कास्की प्रहरीका प्रमुखलाई पत्र बुझाएर गलत मनसायले खुलेर सहकारीको रकम अपचलन गरेका व्यक्ति तथा संस्था पनि कारबाहीको दायरामा आउनुपर्ने...

काठमाडौंको ठमेलबाट १३ लाख ६२ हजारसहित ११ जुवाडे पक्राउ

काठमाडौं । काठमाडौंको ठमेलबाट १३ लाख ६२ हजार पाँच सय रकमसहित ११ जना जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले काठमाडौँ महानगरपालिका–२६ ज्याठास्थित अमला रोकामगरले सञ्चालन गरेको होटल भियानाबाट उक्त नगदसहित...

म्याग्दीमा रुख ढलाउने क्रममा थिच्चेर एक महिलाको ज्यान गयो

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा मंगलबार रुखले थिच्चेर एक महिलाको ज्यान गएको छ । गाउँपालिका–३ मौवाफाँट फूलबारीमा दाउरा काट्न रुख ढलाउने क्रममा थिच्चेर स्थानीय ४८ वर्षीया माया गर्बुजाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी...

त्रिवि उपकुलपतिका लागि आवेदकको मूल्यांकन गरिँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय उपकुलपति छनोट गर्न बनेको समितिले आवेदकहरुको मूल्यांकन सुरु गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राईको नेतत्वमा उपकुलपति छनोट तथा सिफारिस समिति गठन गरेका छन् । उक्त...