समाज


सुर्यदर्शन सहकारीका अध्यक्षसहित थप दुईविरुद्ध डिफ्युजन नोटिस

पोखरास्थित सुर्यदर्शन सहकारीका अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भूपेन्द्र राईविरुद्ध पनि डिफ्युजन नोटिस जारी भएको छ । यसअघि संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई विरुद्ध डिफ्युजन नोटिस जारी भएको थियो । बाग्लुङ्ग घर भएका थानबहादुर बुढामगर...

रोटरी क्लब अफ पोखरा मिडटाउनद्धारा मादीमा स्वास्थ्य शिविर

पोखरा । कास्कीको मादी गाउँपालिका ४ सिमलचौर तारकाङमा आयोजित निशुल्क स्वास्थ्य शिविरमा २ सय ५३ जनाले स्वास्थ्य लाभ लिएका छन । रोटरी क्लब अफ पोखरा मिडटाउन र इनरह्वील क्लब अफ पोखरा मिडटाउनको संयुक्त आयोजनामा सम्पन्न निशुल्क स्वास्थ्य शिविरमा मादी ४ सिमलचौर...

युआरएलको प्राविधिक सहयोगमा मदिरा व्यवसायीको शिविर

पोखरा । मदिरा व्यवसायी समिती कास्कीको आयोजना र युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा शनिबार पोखरामा मधुमेह तथा रगतमा हुने खराब बोसो (टिजी) सित्तैमा जाँच गरिएको छ । शिविरमा १ सय ५२ जनाको सित्तैमा मधुमेह र टिजी जाँच गरिएको हो...

धरहरामा आजदेखि निःशुल्क पार्किङ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले धरहरामा निःशुल्क पार्किङको व्यवस्था मिलाएको छ । धरहरासँगै निर्माण गरिएको भवनको पहिलो तलामा आजदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध हुने भएको हो । काठमाडौँ महानगरले न्युरोडमा कालोपत्रे सडकमाथि पार्किङ निषेध गरेको थियो ।...

आज ७१ औँ विश्व कुष्ठरोग दिवस

काठमाडौँ । देशभर आज ७१ औँ विश्व कुष्ठरोग दिवस मनाइँदै छ । ‘कुष्ठरोग सम्बन्धी गलत अवधारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौँ’ भन्ने नाराका साथ आज सो दिवस मनाउन लागिएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता...

खट जात्रालाई राष्ट्रिय उत्सव बनाउन प्रधानमन्त्रीलाई आग्रह

काठमाडौँ । प्रतिनिधिसभा सदस्य ठाकुर गैरेले पाल्पामा हुने भगवती जात्रा (खट जात्रा) लाई राष्ट्रिय उत्सवका रुपमा अझ भव्य र प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेका छन् । एमाले युवा नेता समेत रहेका गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र...

थुनुवासहित फरार भएका प्रहरी जवान १६ वर्षपछि पक्राउ

काठमाडौँ । लागुऔषध मुद्दाका थुनुवालाई भगाएर फरार भएका नेपाल प्रहरीका जवान १६ वर्षपछि पक्राउ परेका छन् । प्रहरीले तत्कालीन प्रहरी जवान वीरबल राय यादवलाई पक्राउ गरेको हो । उनले नक्कली चिट बनाई आफैँले फिल्ड अधिकृतको किर्ते दस्तखत गरी हिरासतमा रहेका लागूऔषध...

२ हुण्डी कारोबारी पक्राउ

काठमाडौं । हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले काठमाडौंबाट २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं अनामनगरका युवराज प्रसाईँ र सुनसरी घर भइ काठमाडौंको नयाँबस्ती बस्ने विश्वास राई छन् । नेपाल राष्ट्र बैंकबाट अनुमति नलिई हुण्डी कारोबार हुने...

विमानस्थल अध्यागमन प्रमुखमाथि प्रहरीद्धारा कुटपिट

काठमाडौं । प्रहरीले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमालमाथि कुटपिट गरेको छ ।त्रिवि विमानस्थल प्रहरीले अध्यागमनका अन्य केही कर्मचारीमाथि पनि हातपात गरेको बताइएको छ । भिजिट भिषा सेटिङमा पछिल्लो समय प्रहरी र अध्यागमन कर्मचारीबीच...