समाज


शोकमा डुब्यो तनहुँको काउरे गाउँ

तनहुँ । तनहुँ जिल्लाको शुक्लागण्डकी–७ काउरेमा पहिरोमा पुरिएर तीन जनाको ज्यान गएपछि यतिबेला पूरै गाउँ शोकमा डुबेको छ । स्थानीय ४० वर्षीय हीरा नेपालीको घर पहिरोले पुरिँदा उनीसँगै छिमेकी ३७ वर्षीया अनिशा बाँस्तोला र ६५ वर्षीय श्याम भण्डारीको ज्यान गएपछि...

देशभर हालसम्म ३८ प्रतिशत रोपाइँ सम्पन्न

काठमाडौं । समयमै वर्षा भएसँगै आइतबारसम्म मुलुकभर ३८ दशमलव ६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यही असार २३ गतेसम्म सातै प्रदेशमा कूल पाँच लाख ३९ हजार सात सय ६६ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ५४ दशमलव २ प्रतिशत...

आजदेखि मनसुन केही दिन निष्क्रिय हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आजदेखि केही दिन मनसुन क्रमशः निष्क्रिय हुँदै जानुका साथै मुलुकको अधिकांश भू–भागमा वर्षा कम हुने पूर्वानुमान गरेको छ । विभागका अनुसार न्यूनचापीय रेखा क्रमिक रुपमा दक्षिणतर्फ सर्दै जाने भएकाले मुलुकमा मनसुनको सक्रियतामा...

मनसुन भित्रिएसँगै बाढीपहिरोमा परेर हालसम्म ७० जनाले ज्यान गुमाए

काठमाडौं । मनसुन भित्रिएसँगै अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपद्मा परी हालसम्म ७० जनाले ज्यान गुमाएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरामा परेर ७० जनाको मृत्यु,...

 आर. के .हस्पिटालिटीको अन्तराष्ट्रियस्तरको किचन ल्याब सञ्चालनमा 

पोखरा । गुणस्तरीय होटल सम्बन्धी कुकिङ तालिमलाई लक्षित गरी पर्यटन राजधानी पोखराको सिर्जनाचोकमा चार वर्ष अघिदेखि सञ्चालनमा आएको आर.के.हस्पिटालिटी ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लिले अन्तराष्ट्रियस्तरकोे किचन ल्याब सञ्चालनमा ल्याएको छ । कुकिङ तालिमको...

गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणको काम ३० महिनाभित्र सक्ने सम्झौता

चितवन । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला ३० महिनाभित्र बनाइसक्ने गरी सम्झौता भएको छ । भरतपुर महानगरपालिका र निर्माण कम्पनी हिमालयन कालिञ्चोक बीबीआर जेभीबीच ३० महिनाभित्र गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पहिलो चरणको निर्माण सक्ने...

दाङमा बाघको आक्रमणबाट तीन महिला घाइते

तुलसीपुर । दाङमा बाघको आक्रमणबाट तीन जना महिला घाइते भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बाघको आक्रमणबाट तुलसीपुर–९ वेलुवाका ४५ वर्षीया कमला केसी, ५३ वर्षीया सीताकुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी घाइते भएका...

घरभित्रै जमेको पानीमा डुबेर ७ महिने शिशुको ज्यान गुम्यो

धनगढी । कञ्चनपुरमा घरभित्र जमेको पानीमा डुबेर ७ महिने शिशुको ज्यान गएको छ । कृष्णपुर नगरपालिका–१ को पहरियामा आइतबार घरमा जमेको पानीमा डुबेर ७ महिनाका सोनु धानुकको ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एसपी) चक्रराज...

पोखरा विमानस्थलमा संसदीय समितिको अनुगमन सुरु

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको संसदीय अनुगमन समितिले अध्ययन सुरु गरेको छ । २०७९ पुस १७ गते उद्घाटन भएको विमानस्थलबाट हालसम्म अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । विमानस्थल निर्माणका क्रममा अनियमितता समेत भएको हुन सक्ने उजुरी सार्वजनिक लेखा...