समाज


लेबनानमा रहेका नेपालीलाई सतर्कता अपनाउन दूतावासको आग्रह

काठमाडौं । इजरायलको आक्रमणमा इरानमा हमास प्रमुख इस्माइल हनिया तथा लेबनानमा हिजबुल्लाहका कमान्डर फुआद सुकर मारिएपछि मध्यपूर्वमा हिंसा चर्किने खतरा बढेको छ। यसैबीच इजिप्टको कायरोस्थित नेपाली दूतावासले लेबनानमा रहेका नेपालीलाई सतर्कता अपनाउन सुझाव दिएको...

आज राति झण्डै ४ घण्टा एनटीसीको कार्ड रिचार्ज नहुने

नेपाल टेलिकमको सिमकार्ड आज राति झण्डै चारघण्टा रिचार्ज नहुने भएको छ। विलिङ प्रणाली स्तरोन्नति कार्यका लागि बिहीबार राति ११ बजेदेखि करिब चार घण्टा रिचार्ज सेवा अवरुद्ध हुने नेपाल टेलिकमले जनाएको छ। यस अवधिमा व्यालेन्स रिचार्ज र डाटा प्याकेज खरिदसहितका...

शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधन

काठमाडौं । संगीत गुरु गुरुदेव कामतको निधन भएको छ । सिरहास्थित आफ्नै घरमा आज बिहान ८ बजे निधन भएको उनका छोरा समीर कामतले जानकारी दिए । उनको आजै अन्त्येष्टि गर्ने तयारी छ ।शास्त्रीय संगीतमा निकै श्रद्धाका साथ लिइने नाम गुरुदेव कामतको दुवै मिर्गौलामा...

बाढीले नुवाकोटमा सयौँ रोपनी धानखेत बन्यो बगर

नुवाकोट । कोशीखोलामा आएको बाढीले नुवाकोटको तारकेश्वर गाउँपालिका–२ स्थित पिमलटारको सयौँ रोपनी धानखेत बगरमा परिणत भएको छ । नुवाकोट र धादिङको सीमा भएर बग्ने कोशीखोलाको बाढीले पिमलटारस्थित फाँटमा ठूलो क्षति भएको छ । त्यहाँ भर्खर रोपिएको धानखेत बगरमा परिणत...

आज कस्तो छ युरो,पाउण्ड र डलरको भाउ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३४ रुपैयाँ २६ पैसा छ ।आज युरो एकको खरिददर १४४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४८ पैसा रहेको छ । यस्तै पाउण्ड एकको खरिददर...

अब राष्ट्रिय परिचयपत्रको फोटो खिच्दा सिन्दूर, टिका र राष्ट्रियता झल्कने पोसाक लगाउन पाइने

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रमा आफ्नो संस्कृति र जातीय पहिचान जनाउने पहिरन लगाएको फोटो राख्न कुनै बाधा नरहेको बताएको छ । सिन्दूर पोते र टिका समेत हटाएर फोटो खिच्न लगाइएको भन्दै आलोचना भएपछि पञ्जीकरण विभागले...

दमौली सबस्टेसन निर्माणका लागि भारतीय कम्पनीसँग ठेक्का सम्झौता

काठमाडौं । एमसीए–नेपालले तनहुँ जिल्लाको दमौलीमा ४०० केभी क्षमताको नयाँ दमौली सबस्टेसन निर्माणका लागि भारतको टेक्नो इलेक्ट्रिक एण्ड इन्जिनियरिङ लिमिटेडसँग ३.८८ करोड अमेरिकी डलरको ठेक्का सम्झौता गरेको छ। यो सँगै अमेरिकी सरकारको एमसीसी नेपाल कम्प्याक्ट...

काठमाडौंको बसपार्कमा २ महिनादेखि पार्किङमा राखिएको बसभित्र युवकको शव भेटियो

काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा एक युवकको शव फेला परेको छ। काठमाडौँ महानगरपालिका–२६ नयाँ बसपार्कभित्र पार्किङ गरेर राखिएको बा २ ख २३४४ नम्बरको बसभित्र युवकको शव भेटिएको प्रहरीले जनाएको छ। ती युवक सुनसरीको इटहरी उपमहानगरपालिका–१३ घर भएका ३७ वर्षीय...

पहिरोले कालीगण्डकी करिडोर बन्द

बागलुङ । अविरल वर्षपछि पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । मङ्गलबार साँझदेखि परेको वर्षाका पहिरो खसेको हो । करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी...