आज कस्तो छ युरो,पाउण्ड र डलरको भाउ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३४ रुपैयाँ २६ पैसा छ ।आज युरो एकको खरिददर १४४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४८ पैसा रहेको छ ।

यस्तै पाउण्ड एकको खरिददर १७१ रुपैयाँ ७० पैसा बिक्रीदर १७२ रुपैयाँ ४७ पैसा रहेको छ । आज १० जापानी येनको खरिददर ८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८ रुपैयाँ ९३ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १८ रुपैयाँ ५९ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७८ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६४ पैसा र बिक्री दर ३६ रुपैयाँ ८१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २९ रुपैयाँ ०९ पैसा र बिक्रीदर २९ रुपैयाँ २२ पैसा रहेको छ ।

  • १७ श्रावण २०८१, बिहीबार ०९:४४ प्रकाशित