समाज


वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठग्ने ६ जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा विभिन्न मुलुकमा पठाउँछौँ भनेर ठगेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । ‘आकर्षक तलबको प्रलोभन’ देखाएर ठग्ने ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा गोरखाको आरूघाट–४ घर भएकी २४ वर्षीया सरू परियार,...

एन्फाका पूर्वअध्यक्ष गणेश थापाद्वारा वर्तमान महासचिव राईविरुद्ध मुद्दा दायर

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापाले वर्तमान महासचिव किरण राईविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । थापाले राईविरुद्ध बेइज्जती सम्बन्धी कसुरमा मुद्दा दायर गरेको अधिवक्ता भूपेन्द्र पोखरेलले जानकारी दिए...

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको फेसबुक पेज ह्याक

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईको फेसबुक पेज ह्याक भएको उनको सचिवालयले बताएको छ । सचिवालयले सामाजिक सञ्जालमार्फत भनेको छ, 'डा बाबुराम भट्टराईज्यूको आधिकारिक फेसबुक पेज ह्याक गरी अनधिकृत समूहले अनावश्यक...

वीर अस्पतालको निर्देशकमा डा. शर्मा नियुक्त

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीर अस्पतालको निर्देशकमा डा. दिलीप शर्मालाई नियुक्त गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्रा.डा भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा...

यस वर्ष पर्वतमा आलु उत्पादन वृद्धि हुने अनुमान

पर्वत । आलु खेतीको क्षेत्रफल विस्तारसँगै अनुकूल मौसमका कारण यस वर्ष पर्वत जिल्लामा आलु उत्पादन वृद्धि हुने अनुमान गरिएको छ । आलु उत्पादनमा जिल्लालाई आत्मनिर्भर बनाउने उद्देश्यले गत वर्षदेखि सुरु भएको खायन आलु विस्तार कार्यक्रमअन्तर्गत यही हिउँदमा एक...

पोखरा–मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

पोखरा । पोखरा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)को भौतिक प्रगति ४३ दशमलव ३४ प्रतिशत पुगेको छ । कूल ३८ दशमलव ८८ किमी दूरीको उक्त खण्डमा हालसम्म २९ दशमलव ४७ किमी सडक कालोपत्र भएको छ । चार लेनको उक्त सडकमा १५ दशमलव ३२ किमीमा दुईतर्फी र १४ दशमलव १५ किमीमा...

नेपाल फोटो पत्रकार संघ कास्कीमा राम गुरुङ

पोखरा । नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीमा अध्यक्षमा राम गुरुङ निर्वाचित भएका छन् । पोखरामा भएको संघको नवौं अधिवेशनबाट अग्रज फोटो पत्रकार गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो । संघको उपाध्यक्षमा राधिका कँडेल, सचिवमा...

लेकसाइडमा कोटिहोम नहुने, बैकल्पिक स्थान खोज्ने सहमति

पोखरा । अन्तत मानव सेवा फाउन्डेसनले पोखराको लेकसाइडमा कोटिहोम नगर्ने सहमति भएको छ । सोमबार पोखरा महानगरपालिकामा बसेको बैठकले लेकसाइडमा कोटिहोम लगाउन नदिने र अन्यत्र गर्नका लागि बसेर छलफल गर्ने सहमति भएको पोखरा महानगरका प्रवक्ता मोतिलाल तिमिल्सिनाले...

पोखराको सहरी स्वास्थ्य प्रर्वद्धन केन्द्रमा सेवाग्राहीको चाप बढ्दो

पोखरा। पूर्वाधार र व्यवस्थापन अभावमा लामो समयदेखि अस्तव्यस्त बनेको पोखराको सहरी स्वास्थ्य प्रर्वद्धन केन्द्रको सुधार र सेवा विस्तारसँगै पछिल्लो समय सेवाग्राहीको चाप बढ्दै गएको छ । पुरानो भवन मर्मतसम्भारसहित आवश्यक संरचना थपेर नयाँ व्यवस्थापनका साथ सेवा...