समाज


कम्बोडियाका अनलाइन स्क्यामिङ सेन्टरमा फसेका २१ नेपालीको उद्धार

काठमाडौं । राम्रो रोजगारी र धेरै पैसा कमाउने प्रलोभनमा परी कम्बोडिया पुगेर अलपत्र परेका २१ जना नेपालीको उद्धार गरिएको छ।अवैधरूपमा सञ्चालित अनलाइन स्क्यामिङ (ठगी) केन्द्र र क्यासिनोहरूमा जबर्जस्ती गैरकानुनी काममा लगाइएका उनीहरूलाई शुक्रबार स्वदेश फर्काइएको...

महावीर पुनलाई अभद्र व्यवहार गरेको भन्दै पक्राउ परेका युुवक हिरासतमुक्त

पोखरा । पोखरामा किताब बेचिरहँदा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनलाई अभ्रद व्यवहार गरेको भन्दै पक्राउ परेका विकास गुरुङ हिरासतमुक्त भएका छन् । पुनलाई प्रश्न गर्दा भनाभन भएपछि अभद्र व्यवहारको अभियोगमा गुरुङलाई पक्राउ गरिएको थियो । २५ फागुनमा...

निर्वाचन सकेर घर फर्किदा भिरबाट लडेर निर्वाचन प्रहरीको ज्यान गयो

दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भिरबाट लडेर एक निर्वाचन प्रहरीको ज्यान गएको छ । भीरबाट लडेर गम्भिर घाइते भएका लेकम गाउँपालिका–२ का ४० वर्षीय प्रकाश धामीको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल, धनगढीमा ज्यान गएको जिल्ला प्रहरी...

किशोरी साहको रिटमा सुनुवाइ सकियो

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा धनुषा-१ मा उम्मेदवारी खारेज भएपछि रास्वपाका किशोरी साहले दायर रिटमा सुनुवाइ सकिएको छ ।शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासमा रिटमाथिको सुनुवाइ सकिएको हो । उम्मेदवारी खारेज...

केपी ओलीको पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । केपी शर्मा ओलीले मुखाग्नि दिएका छन् । मोहनप्रसादको आज भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा निधन भएको थियो...

भोलि (शनिबार)सम्म समानुपातिक सांसदको नाम छान्न दलहरूलाई आयोगको पत्र

काठमाडौं । भोलि शनिबारसम्म समानुपातिक सांसदको नाम छान्न दलहरुलाई निर्वाचन आयोगले पत्राचार गरेका छ । निर्वाचन आयोगले समानुपातिकतर्फ ११० सिटको बाँडफाँट गरेर निर्वाचित हुने उम्मेदवारको नाम छनोट गर्न दलहरूलाई हिजो ( बिहिबार) पत्र पठाएको हो । कानुनअनुसार...

वर्षासँगै घट्न थाल्यो वायु प्रदूषण

काठमाडौं । केही दिनयता काठमाडौँ उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण घट्न थालेको छ । बिहीबार मध्याह्नसम्म प्रदूषण वायु गुणस्तर सूचकाङ्क १७८ हाराहारीमा रहेकामा आज मध्याह्नसम्म वायु गुणस्तर सूचकाङ्क १४९ कायम भएको एयर क्वालिटी इन्डेक्स (एक्युआइ) को तथ्याङ्कले...

रुकुम पश्चिममा काठले च्यापिएर एक जनाको ज्यान गयो

रुकुम पश्चिम । जिल्लाको मुसिकोट नगरपालिका– ११ मा काठले च्यापिएर आज एक जनाको ज्यान गएको छ ।वडा नं ११ स्थित स्याबाङमा घर बनाउने क्रममा बारीमा रहेको काठ निकाल्ने क्रममा च्यापिएर ७५ वर्षीय सरुन ओलीको ज्यान गएको हो । काठको गेली पल्टाउने क्रममा च्यापिएर...

जुम्लाबाट हेलिकोप्टरमा उद्धार गरिएकी सुत्केरीको ज्यान गयो

जुम्ला । जुम्लाबाट बिहीबार हेलिकोप्टरबाट उद्धार गरिएकी एक सुत्केरीको उपचारका क्रममा ज्यान गएको छ । जिल्लाको तिला गाउँपालिका–३ की १८ वर्षीया सुत्केरी अस्मिता नेपालीको ज्यान गएको हो । पारिवारिक स्रोतका अनुसार नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएकी...