राजनीति


नीति तथा कार्यक्रममाथि ओलीले आज सदनमा टिप्पणी गर्ने

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममाथि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज टिप्पणी गर्ने भएका छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले शुक्रबार ल्याएको नीति तथा कार्यक्रमले मुलुक र मुलुकको अर्थतन्त्रलाई गति दिन नसक्ने भन्दै ओलीले यसको विरोध...

सङ्घीय संसद् अन्तर्गत दुवै सदनको बैठक आज

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत रहेका दुवै सदनको बैठक आज बस्दैछ । जसअनुसार प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्नेछ भने राष्ट्रियसभा बैठक अपराह्न १ बजे बस्दैछ । आजको बैठकमा गत शुक्रवार सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथि सांसदहरुले आ आफ्नो धारणा...

मधेस प्रदेशमा आलोपालो सरकार, सुरुमा जसपाले नेतृत्व गर्ने

जनकपुर । मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि आलोपालो गर्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ दलका शीर्ष नेताहरूको बैठकले मधेस प्रदेशमा आलोपालो सरकारको नेतृत्व गर्ने निर्णय गरेको हो । हाल मधेस प्रदेश सरकारको नेतृत्व जसपाले गरिरहेको...

तामझाम बिना संसद् भवन पुगे राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल तामझाम बिना साधारण सुरक्षा घेरामै संसद् भवन पुगेका छन् । राष्ट्रपति पौडेलले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०र०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम...

टिआरसी विधेयकमा सहमति जुटाउन उपसमिति गठन

काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि सहमति जुटाउन संसदीय समितिले उपसमिति गठन गर्ने भएको छ । समितिले ११ सदस्यीय उपसमिति बनाउने निर्णय भएको छ । प्रतिनिधिसभा अन्तर्गत रहेको कानुन,...

लडाकु शिविरबारे प्रधानमन्त्री प्रचण्डले दिएको जवाफप्रति एमालेको आपत्ति

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले तत्कालीन माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा दिएको जवाफप्रति आपत्ति जनाएको छ । शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद रामचन्द्र राईले...

राष्ट्रपति चयन भएपछि संसदमा पौडेलको पहिलो सम्बोधन आज

राष्ट्रपति चयन भएपछि संघीय संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले आज पहिलोपटक सम्बोधन गर्ने भएका छन् । पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्ने भएका हुन् । सङ्घीय संसद् भवन नयाँबानेश्वरमा अपराह्न ४ बजे बस्ने संयुक्त बैठकलाई उनले...

सुदूरपश्चिममा मिल्यो भागबन्डा : आजै शपथको तयारी

कैलाली । सुदूरपश्चिम प्रदेशमा सत्तारुढ गठबन्धनबीच भागबण्डा मिलेको छ । यससँगै मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् ।शाहले मन्त्री नियुक्त गरेर आजै शपथको तयारी गरेका छन् । भागबण्डाअनुसार गठबन्धनमा आवद्ध दल नेकपा माओवादी केन्द्र...

सरकारको वार्षिक नीति तथा कार्यक्रम आज प्रस्तुत गरिने

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा...