राजनीति


गगन थापा भोलि मात्रै आफ्नो निर्वाचन क्षेत्रमा जाने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा आफूले उम्मेदवारी दिएको निर्वाचन क्षेत्र सर्लाही–४ मा बिहीबार मात्रै जाने भएका छन् । मंगलबार मधेस प्रदेश सभा सदस्य वीरेन्द्रकुमार सिंहलाई वारेस दिएर उम्मेदवारी दर्ता गराएका सभापति थापा बिहीबार मात्रै निर्वाचन...

पार्टी कार्यालय जानेबारे छलफल गर्दै कांग्रेस सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनमार्फत सभापति चयन भएका गगन थापाले पार्टी केन्द्रीय कार्यालय सानेपामा जानेबारे आज छलफल गर्दैछन् । गत पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनबाट थापा सभापति भएका थिए । पार्टीको निवर्तमान...

कास्कीका तीन वटा निर्वाचन क्षेत्रबाट ४८ जनाको उम्मेदवारी

पोखरा । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कास्कीका तीन वटा निर्वाचन क्षेत्रमा गरेर ४८ जना उम्मेदवारले आफ्नो मनोनयन दर्ता गराएका छन् । कास्की निर्वाचन क्षेत्र नम्बर–१ मा १६, निर्वाचन क्षेत्र नम्बर २ मा १७ जना र निर्वाचन क्षेत्र...

सप्तरी-३ मा उपेन्द्र यादवको उम्मेदवारी

राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा निर्वाचनका लागि सप्तरी क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका छन् । यसअघिका निर्वाचनमा उनी सप्तरी-२ बाट उम्मेदवार बन्दै आएका थिए । २०७९ सालको चुनावमा यादव जनमत...

रवि लामिछानेले चितवनमा वारेसमार्फत मनोनयन दर्ता गराए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गरेका छन् । लामिछाने भने सहकारी ठगीसम्बन्धी मुद्दा भएकाले पर्सा जिल्ला अदालतमा रहेका छन् । उनसँग आजै अदालतले १ करोडी धरौटी माग गरेको...

कास्की क्षेत्र नं. २ मा एमालेबाट रश्मि आचार्यले गरे उम्मेदवारी दर्ता

पोखरा । कास्की क्षेत्र नम्बर २ मा एमालेका रश्मी आचार्यले उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा एमाले केन्द्रीय सदस्य प्रभा कोइराला र समर्थक सो पार्टीका जिल्ला उपाध्यक्ष भेषराज बराल रहेका छन। उनले आफ्नो उम्मेदवारी समृद्ध नेपाल सुखी नेपालीको...

कास्की–१ मा कांग्रेसका तिलकले दर्ता गराए उम्मेदवारी

पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्की क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका तर्फबाट तिलक रानाभाटले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थितिसहित र्‍याली लिएर रानाभाट निर्वाचन...

पूर्व आईजीपी सर्वेन्द्र खनालले गरे बारा–४ बाट मनोनयन दर्ता

काठमाडौं । पूर्व आईजीपी सर्वेन्द्र खनालले बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–४ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । समुन्नत नेपाल पार्टीका सभापति रहेका खनालले मंगलबार बारा क्षेत्र नम्बर–४ स्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता...

देवेन्द्र पौडेलले नवलपरासी-२ मा गराए उम्मेदवारी दर्ता

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता देवेन्द्र पौडेलले नवलपरासी पश्चिम क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् । परासीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनले प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका हुन् । उम्मेदवारी...