राजनीति


संसद भवन पुगे प्रधानमन्त्री बालेन शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाह संसद भवनमा पुगेका छन् । शुक्रबार आगामी आर्थिक वर्षको बजेट भाषण हुने भएपछि प्रधानमन्त्री शाह ४ बजेर ५ मिनेटमा संसद भवन पुगेका हुन् । यसअघि प्रधानमन्त्री संसदमा उपस्थित नहुने गरेको भन्दै आलोचना भएको थियो ।

आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट स्वीकृत

काठमाडौं । सरकारले संघीय संसद्‌मा प्रस्तुत हुने आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट स्वीकृत गरेको छ। शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले बजेट स्वीकृत गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित...

राजतन्त्र पुनर्स्थापनाको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । राजतन्त्र पुनर्स्थापनाको माग गर्दै शाही युवा शक्ति नेपालले प्रदर्शन गरेको छ । शुक्रबार सो सङ्गठनले माइतीघरमा प्रदर्शन गरेको हो । गणतन्त्र दिवसका दिन आयोजना गरिएको सो प्रदर्शनमा ‘गणतन्त्र दिवस धोका हो, राजा ल्याऔँ देश बचाऔँ’ भन्ने लगायतका...

उज्यालो नेपाल र हाम्रो पार्टी नेपालबीच पार्टी एकता गर्ने सहमति

काठमाडौं । उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी समायोजन भएको छ । समान अठोट बोकेका शक्तिहरूको सहकार्यमार्फत राष्ट्रसेवाको साझा लक्ष्य हासिल गर्ने भन्दै दुई दलले पार्टी समायोजन गरेका हुन् ।पार्टी समायोजन सहमति पत्रमा उज्यालो नेपाल पार्टीका...

सरकारले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजानुपर्छ : राजेन्द्र लिङदेन

काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजान सरकारसँग आग्रह गरेका छन्। पार्टी स्थापनाको ३६ वर्ष प्रवेश गरेको अवसरमा शुक्रवार काठमाडौँमा...

बजेट स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक आह्वान

काठमाडौं । सरकारले आज आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट सार्वजनिक गर्दैछ। बजेट प्रस्तुत गर्नुअघि त्यसलाई स्वीकृत गर्न आज दिउँसो २:३० बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको छ। सिंहदरबारमा बस्ने मन्त्रिपरिषद् बैठकले बजेट वक्तव्यलाई अन्तिम रूप दिई स्वीकृत...

राप्रपा ३६औँ वर्षमा प्रवेश : स्थापना दिवसको अवसरमा झन्डोत्तोलन

काठमाडौं । ३६औँ वर्षमा प्रवेश गरेको अवसरमा राप्रपाले काठमाडौँको चाबहिलस्थित पार्टी कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरेको छ। स्थापना दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा राप्रपाले झन्डोत्तोलन गर्नुका साथै नेता तथा कार्यकर्ताहरूबिच शुभकामना आदानप्रदान...

राजनीतिक नेतृत्वको चरित्रमा सुधार आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा सुशासन र समृद्धिको जनचाहना पूरा गर्न राज्यसत्ताको चरित्र, आचरण र राजनीतिक निष्ठामा आमूल परिवर्तन ल्याउनुपर्ने बताएका छन् । गणतन्त्र दिवस २०८३ का अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई आज सम्बोधन...

गणतन्त्र दिवस समारोहमा गएनन् प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सैनिकमञ्च टुँडीखेलमा आयोजित गणतन्त्र दिवस २०८३ मूल समारोहमा अनुपस्थित रहेका छन् । प्रचण्ड अस्वस्थ भएको कारण गणतन्त्र दिवस २०८३ मूल समारोहमा सहभागी हुन नसकेको प्रचण्डका प्रमुख स्वकीय...