काठमाडौं ।
आत्मदाह गरेका गणेश नेपालीको ज्यान गएपछि गृह मन्त्रालयले आकस्मिक छलफल बोलाएको छ । गृह मन्त्रालय स्रोत भन्छ ‘उहाँको मृत्यु भएको खबर आएको छ । मन्त्रीसहित छलफलमा छौ । अस्पतालमा मन्त्रीज्यू नै जाने कुरा छ ।’
गृहमन्त्री सुधन गुरुङको सचिवालयका अनुसार गुरुङ केहि बेरमा वीर अस्पतालमा पुग्दैछन् ।












