राजनीति


एमाले पोखरा महानगरको नेतृत्व लिन चार आकांक्षी, को बन्ला अध्यक्ष ?

पोखरा । नेकपा एमालेले आज देशभर एक साथ स्थानीय तहको अधिवेशन गर्दैछ । देशभरका स्थानीय तहमा महानगरमा भूगोलको हिसावले सबैभन्दा ठूलो महानगर पोखरा महानगरमा एमालेको नेतृत्व कस्ले गर्ला भन्न विभिन्न अड्कलबाजी भइरहेका छन् । पोखरा महानगरको अधिवेशनको बन्दसत्र पोखरा...

जग्गा बाझो राखी बैंकबाट ऋण लिने परिपार्टीको अन्त्य गर्नुपर्छः अर्थमन्त्री बराल

पोखरा । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले जग्गा बाझो राखी बैंकबाट ऋण लिने परिपार्टीको अन्त्य गर्नुपर्ने बताएका छन । पोखरा २२ स्थित फेवा टोल विकास संस्था तथा पात्ले सिम्ले लामडाँडाले विहिबार आयोजना गरेको शुभकामना आदान प्रदान तथा भेटघाट...

माओवादीले धोका दिदैन,कर्णालीमा कांग्रेस सरकार बन्छ: जीवनहबादुर शाही

वीरेन्द्रनगर । कर्णाली प्रदेशको मुख्यमन्त्रीका दावेदार नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्री परिवर्तनको विषयमा माओवादीबाट धोका नहुने बताएका छन् । केन्द्रको सत्ता गठबन्धनमा प्रदेश सरकारको भागबण्डामा कर्णाली कांग्रेसले नपाउने...

१५ न्यायाधीशको गोप्य बैठक ‘हेर्दा हेर्दैमा’

काठमाडौं । प्रधानन्यायाधीशसँग असन्तुष्ट १५ न्यायाधीशको आजको गोप्य छलफल टुंगोमा पुग्न सकेको छैन । आजको बैठक हेर्दाहेर्दैमा थाती राखिएको छ । प्रधानन्यायाधीशविरुद्ध सक्रिय सर्वोच्च अदालतका न्यायाधीशहरुको आजको वैठक फेरि भोली बस्ने भएको छ । आजको बैठक कुनै...

परमादेश जारी गर्ने पाँचै न्यायाधीशलाई राजीनामा गर्न ओलीको सुझाव

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँचैजना न्यायाधीशले राजीनामा दिँदा राम्रो हुने बताएका छन् । शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनका लागि परमादेश गर्ने पाँचैजना न्यायाधीशले राजीनामा दिन सुझाव दिए । उनले न्यायाधीशहरू पोल खोलाखोलमा उत्रिँदा...

भूमिहीन जनताको छिटो व्यवस्थापन हुन्छ: मन्त्री श्रेष्ठ

चितवन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गरिबी निवारणका लागि मन्त्रालयले योजना बनाइ रहेको जानकारी दिएकी छिन् । आज सञ्चारकर्मीसंग कुराकानी गर्दै उनले अहिलेसम्म मन्त्रालयमा औपचारीक कार्यक्रम बाहेक केही नभएको जनाउँदै गरिबी निवारणका...

जबराविरुद्धको गतिविधिमा नलाग्ने बताएका ओलीको प्रश्न सबै प्रधानन्यायाधीशले मात्रै व्यहोर्नु पर्ने

विराटनगर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा देखि महाभियोग लगाउने सम्मको प्रयासहरुको आलोचना गरेका छन् । उनले त्यसमा आफूहरु नअल्झने स्पष्ट पारेका छन् । उनले अदालतमा अहिले विकसित घटनालाइ राजनीतिक दाउपेच...

कांग्रेस जबराको पक्षमा : ‘राजीनामा वा महाअभियोग लगाउनुपर्ने कुनै कारण छैन’

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा उभिएका छन् । जबराविरुद्ध महाभियोग ल्याउने देखि राजीनामा माग्ने सम्मका गतिविधि हुन थालेपछि देउवा पक्षमा उभिएका हुन् । सोमबार सत्ता गठबन्धनको बैठकमा पनि देउवाले प्रधानन्यायाधीशविरुद्ध...

आज देशभर एमालेको पालिका अधिवेशन हुँदै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहस्तरीय अधिवेशन आज गर्दैछ । राष्ट्रिय महाधिवेशन तयारीमा रहेको एमालेले वडा अधिवेशनपछि आज गाउँपालिका र नगरपालिकामा अधिवेशन गर्ने तयारी एमालेले गरेको हो । एमालेको राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२...