समाचार


कोरोना अपडेट : थपिए ६३४ संक्रमित, ४१७ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा गत २४ घण्टामा ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही समयमा कोरोनाका कारण थप एक संक्रमितको मृत्यु भएको छ। देशभर गरिएको २ हजार ७ सय ५७ पिसिआर परिक्षणका क्रममा ३ सय ४३ जना र २ हजार १ सय ९२ एन्टीजेन परिक्षणका क्रममा २ सय ९१ जनामा...

पोखरा स्पोर्टस् अवार्ड २०७८ को आय व्यय सार्वजनिक

पोखरा । छैटौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड २०७८ को आय व्यय सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले मंगलबार पोखरा रंगशालामा एक कार्यक्रम आयोजना गरेर आय व्यय सार्वजनिक गरेको हो । पोखरा स्पोर्टस् अवार्ड २०७८ मा कुल २२ लाख ९ हजार...

काठमाडौंको फोहोर व्यवस्थापनमा किचलो : अनुगमन समिति बनाउदैं सरकार

काठमाडौं । देशकै राजधानीमा फोहोर व्यवस्थापनमा दिनकै किचलो भएपछि सरकारले चासो देखाएको छ । सरकारले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउनका लागि अनुगमन समिति बनाउने भएको छ। शहरी विकास मन्त्रालयले आयोजना गरेको बैठकमा शहरी विकास मन्त्री मेटमणि...

फुटपाथ व्यापारीको नाराबाजी : एक हप्ताभित्र माग पूरा नगरे चर्को आन्दोलनको चेतावनी

काठमाडौं । फुटपाथ व्यापारीले काठमाडौं महानगरपालिकाको कार्यालयमा नाराबाजी गरेका छन् । महानगरले फुटपाथ व्यवस्थापन भन्दै साना व्यवसायीलाई हटाएको भन्दै फुटपाथमा व्यवसाय गर्ने व्यवसायीले महानगरपालिका प्राङ्गणमा नाराबाजी गरेका हुन् । उनीहरुले मेयर बालेनलाई...

बन्दकर्तालाई स्थानीयले कुटे

काठमाडौं । काभ्रेमा बन्दकर्तालाई स्थानीयले कुटेका छन् । बन्दको क्रममा काभ्रेमा गाडीको सिसा फुटाउने दुई जनालाई स्थानीयबासिन्दा र चालकहरुले कुटपिट गरी प्रहरीको जिम्मा लगाएका हुन् । कुटाइ खानेमा नेकपा काभ्रे जिल्ला सचिवालय सदस्य प्रमोद गिरी र जुम्लाको तिलागुफा–३...

टिपर आगजनी : बीमाको लोभले चालक आफैले जलाएको खुलासा

दाङ । बन्दकर्ताले एकाबिहानै टिपरमा गरिएको भनिएको आगजनी चालक आफैले गरेको खुलेको छ । दाङमा आज बिहान एक टिपरमा आगजनी भएको थियो । सो आगजनी बन्दकर्ताले गरिएको आशंका गरिएको थियो ।तर प्रहरी अनुसन्धानमा चालक आफैले जलाएको खुलेको हो । बीमाको लोभमा परी चालक आफैंले...

दुई बालिकामाथि बलात्कार आरोपमा ६२ वर्षीय पुरुष पक्राउ

काठमाडौं । दुई बालिकालाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन । कैलालीको लम्कीचुहा नगरपालिका–८ घर भएका ६२ वर्षीय गणेश सिंह ठकुरीलाई बलात्कार आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । आरोपीले दुईजना बालिकालाई बलात्कार गरेको...

आज कति पुग्यो डलरको भाउ ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको तेस्रो दिन मंगलबार आज डलरको खरिददर १२७ रुपैयाँ ५० पैसा र बिक्रीदर १२८ रुपैयाँ १० पैसा रहेको छ । यस्तै एक युरोको खरिददर १२७ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२८ रुपैयाँ १९ पैसा छ...

बन्दकर्ताले गरे दुईवटा सार्वजनिक गाडीमा तोडफोड

काठमाडौं । काठमाडौंको कोटेश्वरमा बन्दकर्ताहरुले दुईवटा सार्वजनिक गाडीमा तोडफोड गरेका छन् । कोटेश्वरको आकाशे पुल नजिक बा‍ ४ ख ९३९४ नम्बरको बसमा तोडफोड गरिएको छ । ‘महासागर’ लेखिएको सो बसको अगाडीको भागमा क्षति पुगेको छ । त्यस्तै भाटभटेनी अगाडी बा ३ ख ७९०६...